‘श्रमिकको सम्मानले मात्र समृद्धि ल्याउने’- उम्मेदवार भट्टराई

  २०७६ कार्तिक २३ गते १४:०९     विकासन्युज

काठमाडौं । देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले बताईन । जिफन्ट गण्डकी प्रदेशको आयोजनामा पोखरामा भएको श्रमिकको भेलालाई सम्बोधन गर्दै सो कुरा व्यक्त गरेकी  हुन् ।

जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भएकाले श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने उम्मेदवार भट्टराईको भनाई छ । देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाई व्यवस्थित बनाउन सरकार सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न अग्रसर भइरहेको जानकारी गराईन ।

श्रमलाई थप प्रभावकारी बनाउन, श्रमिकलाई थप सवलीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने जानकारी गराईन ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य चूडामणि जङ्गली र श्रीनाथ बराल, जिफन्ट केन्द्रीय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमिकको हकअधिकार र सशक्तीकरणका लागि नेपाल कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको जनाएका छन् ।
आगामी दिनमा समेत श्रमिकको भावना र चाहनालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्नसक्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.