पुर्खाको नासो जनताको हक भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान शुरु

  २०७६ कार्तिक २३ गते १३:१५     विकासन्युज

काठमाडौं । टुँडिखेल अतिक्रमणमुक्त गरौं अभियानका साथ रत्नपार्क र खुल्लामञ्चलाई मानव साङ्गो बनाई घेरिएको छ । सरकार तथा महानगरले ‘अकुपाई टुँडिखेल’को स्थितिको बारे ध्यान केन्द्रित नगरेपछि विहान ८ः३०मा सो क्षेत्रलाई मानिसले घेरेका हुन् ।

पुर्खाको नासो जनताको हक भन्ने नाराका साथ साथै शुरु भएको सो घेराउ कार्यक्रममा टुँडिखेल कस्को विर्ता अब लिनेछौं फिर्ता जस्ता विभिन्न नारा गुन्जिएको थियो । हातमा हात समाई घेर्न सम्भव नभए पछि हरियो रिवनको साहेताले रत्नपार्कदेखि टुँडिखेल घेरिएको थियो ।

आगामी तीन महिनासम्म हुने उक्त कार्यक्रम सफल बनाउन स्वच्छ, खुल्ला टुँडिखेलको लागि नागरिक सचेतना तथा जन दबाब अभियानमा जुटेका छन् ।

विश्व स्वतन्त्रता दिवसको अवसर पार्दै टुँडिखेल बचाउ अभियानको सुचारु गरिएको हो । बाजा सहितकाे सहितकाे उक्त घेराउ टाेलीमा केन्द्रिय, स्थानिय तहका नेता तथा जनप्रतिनिधिको बाक्लाे उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.