विधान संशोधनबाट पछि हट्यो महासंघ, प्रत्यक्ष निर्वाचन फेरी पनि वरिष्ठ उपाध्यक्ष पदमा

  २०७६ कार्तिक २२ गते १९:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान यो वर्ष संशोधन नहुने भएको छ । शुक्रबार बसेको विधान संशोधन समितिको बैठकले विधान संशोधन प्रक्रिया रोक्ने निर्णय गरेको समितिका सदस्य तथा प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

संशाेधन समितिले अध्यक्ष पदकाे लागि प्रत्यक्ष निर्वाचन गर्ने गरी संशाेधन प्रस्ताव गरेकाेमा त्यसलाइ फिर्ता लिने निर्णय पनि गरेकाे छ । संशाेधन प्रकियामा रहेका अन्य बुँदाहरू थप परिमार्जनसहित चैतमा हुने साधारणा सभामा पेश गर्ने गरि प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएकाे छ ।

आइतबार बस्ने पदाधिकारीकाे बैठकमा  विधान संशाेधन समितिकाे प्रस्तावहरू पेश हुने  र विधान संशाेधनका लागि बाेलाइएकाे विशेष साधारणसभा स्थगित गर्ने निर्णय हुने उनले बताए । कात्तिक २८ गते बस्ने कार्यसमितिकाे बैठकले त्यसलाई अनुमाेदन गर्नेछ ।

विधान संशोधन नहुने भएपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी चैतमा हुने चुनावी सभासँगै स्वत अध्यक्ष हुनेछन् । महासंघको हालको विधानमा वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

यो व्यवस्था हटाएर प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने गरि विधान संशोधन प्रक्रिया अगाडि बढाईएको थियो । तर विधान संशोधनको विषयमा महासंघमा ठूलो विवाद भएपछि र महासंघ नै फुट्न सक्ने अडकलबाजी हुन थालेपछि महासंघ नेतृत्व विधान संशाोधन नगर्ने निष्कर्षमा पुगेको हो ।

साथै, विधान संशोधन प्रक्रिया नमिलेको भन्दै महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले महासंघका अध्यक्षसहित कार्यसमितिलाई सचेत गराएका थिए । विधान संशोधन समितिले ३५ बुँदे संशोधनको प्रस्ताव अगाडि सारेको थियो । त्यसमा अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने मुख्य प्रस्ताव थियो भने महासंघको प्रदेश संघहरुलाई बलियो बनाउने विषयहरु थिए ।

विधान संशोधनका प्रस्तावित विषयहरु चैतमा हुने साधारणसभामा विशेष प्रस्तावको रुपमा पेश हुने वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । साधारणसभाबाट संशोधन भएको विधान जिल्ला प्रशासन कार्यालय हुँदै मन्त्रिपरिषद्बबाट स्वीकृत भएपछि लागू हुने उनले जानकारी दिए ।

महासंघको विशेष साधारणसभा रोक्न फोहोरी खेल, चण्डिराज ढकालले भने-‘आफ्नै उद्योग चलाउँछु अब’

महासंघको वरिष्ठ उपाध्यक्षमा चार आकांक्षी, अध्यक्ष निर्वाचनको विषयमा अझै विवाद

महासंघको विशेष साधारणसभा अनिश्चित बन्दै, पदाधिकारी नै परे दुविधामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.