दक्षिणी क्यालिफोर्नियामा एसआर विमान दुर्घटना, चालकको निधन

  २०७६ कार्तिक २२ गते १३:१२     विकासन्युज

लस एन्जलस । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एसआर २२ नामको सानो विमान दुर्घटना भएको छ ।

उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो ।
विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने त्रासले अग्निनियन्त्रकहरु सो क्षेत्रमा तत्कालै पुगेका थिए । विमान अपल्याण्डको केबल विमानस्थलबाट उडेको थियो ।

प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठोक्किन पुगेको बताएका छन् ।
त्यस घरमा एकजना पुरुष र उनको छोरा बसेका थिए । विमान छतमा ठोक्किएपछि उनीहरु भने भाग्न सफल भएको स्थानीय टेलिभिजनले जनाएको छ ।

एकमात्र इन्जिन भएको उक्त विमानको दुर्घटनाको कारण भने पत्ता लागेको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.