राष्ट्रिय बीमा कम्पनीले माग्यो ३४ जना कर्मचारी, कहिलेसम्म फारम भर्ने हेर्नुहोस्

  २०७६ कार्तिक २२ गते ९:३७     विकासन्युज


काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ३४ जना कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा रिक्त रहेका पदमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

कम्पनीले नायब व्यवस्थापक(तह ७) २ जना, सहायक व्यवस्थापक(तह ६) ९ जना, सूचना प्रविधि अधिकृत(तह ६) १ जना, सूचना प्रविधि सहायक(तह ५) १ जना, स्वास्थ्य सहायक(तह ५) १ जना, सहायक क(तह ५) ३ जना, सहायक ख(तह ५) १४ जना, सहायक ख(तह ४) कृषि प्राविधिक २ जना र सहायक ख(तह ४) पशु प्राविधिक १ जना गरी ३४ जना कर्मचारी माग गरेको हो ।

विभिन्न पदमा योग्यता पुगेका इच्छुक व्यक्तिहरुले कात्तिक २२ गतेदेखि २१ दिन भित्र कम्पनीको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभाग रामशाह पथ काठमाडौँमा दरखास्त बुझाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.