एटीएम ह्याक गर्ने चिनियाँ नागरिकलाई जेलमा थुन्न आदेश, नेपाली धरौटीमा रिहा

  २०७६ कार्तिक २१ गते १९:३५     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले एटीएम ह्याक गरी पैसा लुट्ने अपराधिक समूहका ६ जना चिनियाँ नगारिकलाई जेल चलान गर्न आदेश दिएको छ । अदालतको वाणिज्य इजलासले थुनछेक बहसपछि प्रकाउ परेका ६ जना चिनियाँ ह्याकरलाई थुनामा राख्न आदेश दिएको हो ।

अदालतले उक्त ६ जना ह्याकरहरु लिन जियानमेङ, झु लियानग्याङ, कियु युनकिङ, सु लुसिङ, लुओ जियालेइ र चेन बिनबिनलाई थुनामा राख्न आदेश दिएको छ ।

त्यस्तै, चिनियाँ ह्याकरले लुटेको रकम साट्न सहयोग गरेको आरोपमा पक्राउ परेका तीन नेपालीलाई भने धरौटी बुझाएर रिहा गर्न अदालतको आदेश छ । अदालते तीन नेपालीमध्ये देवनाथ लामिछानेलाई ३० लाख, रेवती दुवाडी र रोशन प्रधानलाई २६/२६ लाख धरौटी माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.