एनआईसी एशिया बैंकको विस्तारित काउण्टर ललितपुरकाे उच्च अदालत पाटनमा

  २०७६ कार्तिक २१ गते १८:२४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर हरिहरभवन ललितपुरस्थित सम्मानित उच्च अदालत पाटन परिसरमा औपचारिक उद्घाटन भएको छ । उक्त विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बिहीबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि नहकुल सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरेका छन् ।

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोषकुमार राठीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.