स्ट्याण्डर्ड चार्टर्डको स्प्रेडदर बढ्यो, बेस रेट भने स्थिर

  २०७६ कार्तिक २१ गते १७:४८     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्प्रेडदर १.१३ प्रतिशतले बढेको छ । गत असार मसान्तमा ४.४५ प्रतिशत रहेको बैंकको खुद स्प्रेडदर असोज मसान्तमा बढेर ५.५८ प्रतिशत पुगेको छ ।

बैंकले ओभरड्राफ्ट कार्डको कर्जा १०.६३ देखि १५.६३ प्रतिशतसम्म तोकेको छ । बैंकले ७.६३ प्रतिशत बेस रेटमा ३ देखि ५ प्रतिशत व्याज थपेर ओभरड्राफ्ट कार्डको कर्जादर तोकेको हो ।

उता बैंकको बेस रेट भने स्थिर रहेको छ । अघिल्लो त्रैमासको अन्तिममा ७.६३ प्रतिशत रहेको बैंकको बेस रेट असोज मसान्तको अन्तिममा पनि ७.६३ प्रतिशत नै रहेको छ । यो दर अघिल्लो महिना(भदौ)को तुलनामा भने ०.२४ प्रतिशतले बढेको हो ।

त्यस्तै, बैंकको अटोलोन र होमलोन १०.६३ देखि १५.६३ प्रतिशतसम्म तोकिएको छ । व्यक्तिगत लोन भने १६.१३ देखि १८.१३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.