टुँडिखेल अतिक्रमणमुक्त गरौं अभियानका साथ शनिवार र्याली हुँदै

  २०७६ कार्तिक २१ गते १७:००     विकासन्युज

काठमाडौं । टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने नागरिक अभियानको विश्व स्वतन्त्रता दिवसको अवसरदेखि शुरु हुने भएको छ । सरकारलाई ‘अकुपाई टुँडिखेल’को अवस्था बारे पटक पटक जानकारी दिँदा पनि वेवास्ता गरेपछि आगामी शनिवार विहान ८ बजे मानव साङ्लो बनाई शान्ति पून र्याली गर्ने भएका छन् ।

महानगरलाई टुँडिखेलको बारेमा जानकारी गराउँदा पनि वेवास्था गरेपछि उक्त कदम चाल्नु परेकाे भन्दै स्वच्छ, खुल्ला टुँडिखेलको लागि नागरिक सचेतना तथा जन दबाब अभियानका संयोजक विजय श्रेष्ठे बताए । उनले भने ‘अकुपाई टुँडिखेल’को अवस्था बारे तत्काल, अल्पकाल र दिर्घकालिन विषयमा स्थानिय सरकारले सोच्नु पर्नेछ । यो सबैको सार्वजनिक सम्पदा संरक्षण गर्नका लागि स्वच्छ रुपमा प्रत्येक शनिबार तीन महिनासम्म शान्ति पून आन्दोलन हुने संयोजक श्रेष्ठले जानकारी दिए ।

विहीबार भएको टुँडिखेलमा भएको पत्रकार सम्मेलनमा बोल्दै संघिय संसद भिमशेनदास प्रधानले भने देशका नेताहरु विदेश भ्रमण गर्ने मात्र नभई भ्रमण पछि नेपालको प्राकृतिक तथा सार्वजनिक स्थानको संरक्षण गर्नु पर्ने बताए । रानीपोखरीदेखि दशरथ रंगशालासम्मको सार्वजनिक जग्गालाई टुँडिखेल भनेर चिनिने स्थान कावडी सामान तथा पार्किङ्ग स्थल भनेको छ, उनले भने ‘काठमाडौं घरैघरको जंगलको रुपमा स्थापित भईरहँदा राम्रो पार्क निर्माण गर्न तर्फ स्थानिय सरकारको ध्यान केन्द्रित हुनु पर्नेछ ।’

विश्व स्वतन्त्रता दिवसको अवसरमा सार्वजनिक जग्गाको संरक्षण गर्न नागरिक पछि पर्न नहुने जानकारी दिँदै अहिले जनताले आवाज नउठाए पछि गुनासो गर्न गर्ने अधिकार जनता तथा सर्वसाधारणलाई नहुने प्रदेश नं. ३ का संसद विराजभक्त श्रेष्ठले बताए ।
उनले भने ‘दुई इन्च जग्गा छिमेकीले मिच्दा लड्ने नेपाली अबका दिनमा विदेशीले आफ्नो देशको भू भाग र सरकारले सार्वजनिक जग्गालाई सरकारी भन्दै गर्दा आवाज उठाई संरक्षण गर्नु पर्ने अवस्था सृर्जना भएको छ ।’ संसद श्रेष्ठले पछिल्लो समय नेताको गतिविधि र विकासको स्थिति हेर्ने हो भने लाल सलाम हिजो आज लाजसरम भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.