सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बैंकरहरुको प्रतिबद्धता

  २०७६ कार्तिक २१ गते १८:४०     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षाकोषमा सहभागिताको विषयमा विहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर्स संघका पदाधिकारीबीच छलफल भएको छ । उक्त छलफलमा पछिल्लो समय सामाजिक सुरक्षा कोषको मिति थप गरेसँगै सबै बैंक तथा वित्तीय संस्थाहरुलाई कोषमा आवद्ध हुन मन्त्री विष्टले आग्रह गरे ।

छलफलमा सहभागी बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सहितकोे पदाधिकारी टोलीले कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको छ । कोषले लागु गरेको नीति नियमप्रति बैंकरहरुका असहमति समेत व्यक्त गरिएको थियो । अध्यक्ष ढुंगानाको नेतृत्वमा रहेको टोलीले कोषमा व्यवस्था गरिएको दोहोरो कर खारेज गर्न माग गरेको छ । अध्यक्ष ढुंगानाले शुरुमा कोषमा योगदान रकम जम्मा गर्दापनि कर र पछि पेन्सन लिँदा पनि कर तिर्नुपर्ने कोषको प्रवधान श्रममैत्री नभएको बताए ।

छलफलमा कोषका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली तथा सल्लाहकार रमेश वडालले बैंकरहरुको जिज्ञासाको जवाफ दिए । सो बैठकमा सामाजिक सुरक्षा कोषको दर्ता नभएका अन्य ठूला प्रतिष्ठानहरुको पनि उपस्थिति रहेको थियो । मंसिर १३ गतेसम्म कोषमा आवद्ध हुने मिति रहेको छ, भने हाल करिब ९ हजार रोजगारदाता र एक लाख एक हजार श्रमिक रहेका आवद्ध भएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।

थप जानकारीका लागि सम्बन्धित समाचारहरू :  

सामाजिक सुरक्षा कोषले मुख्य तीन शीर्षकमा कर्जा दिने तयारी

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय एक महिना थपियो

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.