विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका तयार, निवेदन दर्ता गर्न सात दिन !

  २०७६ कार्तिक २० गते १५:५६     विकासन्युज

काठमाडाैं । विद्युत नियम आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका २०७६ तयार गरेको छ । उर्जा जलस्रोत तथा सिचाईँ मन्त्रालय अन्तर्गतको आयोगलले  निर्देशिकाकाे मस्याैदा तयार गरी मंगलबार मात्रै सार्वजनिक गरेको हो ।

विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई नियमित र व्यवस्थित बनाई विद्युतको माग र आपूर्ति सन्तुलन बनाउने उद्देश्यका साथ निर्देशिका तयार पारेको आयोगले बताएको छ ।

अनुमति प्राप्त संस्थाले महसुल निर्धारण वा पुनरावलोकनका लागि २५ हजार रुपैयाँ निवेदन दस्तुरसहित महसुल निर्धारण निवेदन पेश गर्नु पर्ने उल्लेख गरेको छ । यसरी निवेदन दर्ता गर्न ७ दिनसम्म लाग्न सक्नेछ ।

नियमन आयोगले महसुल निर्धारण निवेदन प्राप्त भए पश्चात आयोगले महसुल निर्धारण निवेदनलाई बढीमा सात दिनभित्र स्वीकार गरी निवेदन नम्बर प्रदान गर्ने बताएको छ । जुन मितिमा निर्धारण निवेदनका लागि निवेदन प्रदान गरिएको हो सोहि मितिमा निवेदन उक्त निवेदन पेश भएको मानिने निर्देशिकामा उल्लेख गरेको छ ।

विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले निर्देशिकाले तोकेको ७ दिन पनि कम भएको प्रतिक्रिया दिए । उनले हाल नेपालमा दुई वटा मात्र विद्युत वितरक संस्था भएको बताउँदै तिनीहरुका लागि महुल निवेदन पेश गर्न तोकिएको रकम पनि कम भएको जनाए ।

वितरण अनुमति प्राप्त संस्थाको पछिल्लो दुई आर्थिक वर्षको लेखा परिक्षण, प्रतिवेदन, चालु आर्थिक वर्ष तथा आगामी आर्थिक वर्षको प्रक्षेपित वित्तिय विवरणको आधारमा महसुल निर्धारण हुने निर्देशिकामा उल्लेख गरिएको छ ।

यस्तै लगानीबाट प्राप्त हुने वार्षिक प्रतिफल, अन्य स्रोतबाट प्राप्त हुने आम्दानी, विद्युतको स्रोत अनुसारको विद्युत खरिद परिणाम र लागत, उपभोक्ताको वर्ग अनुरुपको बिक्रीबाट प्राप्त हुने आम्दानी तथा उर्जा उपभोग शुल्कसहितको वर्गिकरण लगायतका आधारमा महसुल निर्धारण हुने उल्लेख गरिएको छ ।

मस्याैदाबारे सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया लिन कात्तिक २५ गतेसम्म समय दिइएकाे छ । ताेकिएकाे समयभित्र प्राप्त सुझावलाइ समेटेर महसुल निर्धारण निर्देशिका २०७६ जारी गरिने सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.