कुर्था-जयनगर रेल चल्न अझै डेढ महिना लाग्ने, तयार भएन भारततर्फको ट्र्याक

  २०७६ कार्तिक १९ गते १२:०१     विकासन्युज

काठमाडौं । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म कात्तिक २०७५ मै रेल गुडाउने भनिएपनि भारत पक्षको ट्र्याक निर्माणमा ढिलासुस्ती भएपछि रेल गुड्न अझ डेढ महिना लाग्ने भएको छ । सरकारले ८४ करोड ६५ लाख खर्चेर जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म २०७४ फागुनमै रेल सञ्चालनमा ल्याउने भनेको थियो ।

रेल तयारी अवस्थामा भएपनि भारत पक्षको रेलको ट्र्याक तयार नहुँदा रेल सञ्चालनमा आउन नसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । ट्र्याक तयार हुन १ महिना लाग्छ,’ उनले भने– ‘ अब हामी डेढ महिनामा जयनगर–जनकपुर रेल सञ्चालन गर्न सक्छौं । भारत सरकारलाई हामीले रेलको २० प्रतिशत रकम भुक्तान गरिसकेका छौं भने रेल नेपाल भित्रिएपछि बाँकी ८० प्रतिशत रकम भुक्तान हुनेछ ।

भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–जनकपुर रेलमार्ग निर्माण गरिएको हो । जयनगर–जनकपुर खण्डको ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेपनि भारत सरकारले नेपाल सरकालाई रेलमार्ग हस्तान्तरण गर्नु पूर्व बाढीले क्षति र्पुयाएको छ । हस्तान्तरण नभइ बिग्रेकाले भारत सरकारले नै यसको मर्मत गरिदिने छ । बाढीले क्षति पुर्याएको दुबै देशका सरकारको जानकारीमा छ ।

तर, अहिले मर्मत भने भइसकेको छैन । त्यसैले रेल गुड्ने तयारीमा भएपनि गुडाउने ट्र्याक तयार नहुँदा बनेको रेल थन्किएको हो । भारत सरकारले करिब ९ अर्ब रुपैयाँको लागतमा ६९ किलोमिटर जयनगर–जनकपुर–कुर्था–विजयापुरा–बर्दिबास खण्ड विस्तार गरिरहेको छ । सुख्खायाममा पुरानै संरचनालाई मर्मत गरेर रेल सञ्चालन गर्न सकिने सम्भावना रहेपनि वर्षात्मा बाढीले बगाउने भएकाले भारतले यो खण्डलाई दीर्घकालीन रुपमा रेल गुडाउन मिल्ने ट्र्याक निर्माण गरिदिनुपर्छ ।

नेपालले खरिद गर्न लागेको डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन हो । यो रेल दुबै भागबाट चलाउन सकिन्छ । यो छोटो दूरीका लागि उपयुक्त रेल हो । यसले प्रतिघण्टा एक सय ६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । मिश्रले भने ‘रेल सञ्चालनमा आएपछि एक घण्टाको राउण्डमा सो दुरी पार गर्नेछ । पाँच सय जना बसेर चड्न मिल्ने रेलले दैनिक सेवा दिने मिश्रले बताए। पहिला एउटा रेल संचालन गरेर आवश्यकताअनुसार दुबै रेल संचालनमा ल्याउने मिश्रले जानकारी दिए।

यसअघि चालु आर्थिक वर्षको कात्तिकमै जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल गुडाउने भनिएपनि ट्र्याक निर्माण लगायका काम सम्पन्न नभएकोले निर्धारित समयमा रेल सेवा संचालन हुन सकेको हो ।

पाँच वर्षअघिसम्म जनकपुर–जयनगर ९३० किलोमिटर० रेल रेल संचालन थियो । त्यसपश्चात सो स्थानमा रेल सेवा संचालन हुन सकेको थिएन । अहिले जनकपुरबाट ५ किमी पश्चिम कुर्थामा रेल स्टेशन निर्माण भइसकेको छ । विसं १९९४ मा सुरु भएको जनकपुर–जयनगर ५१ किमी रेलमार्ग अन्तर्गतको पुल २०५८ मा बाढीले बगाएपछि सो रेलमार्ग २९ किमीमा सीमित भएको थियो । रेलमार्गको स्तरोन्नति गर्ने भन्दै २०७० मा सो मार्ग बन्द गरिएको हो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत १९८४ मा बाराको अमलेखगञ्जदेखि भारतको विहार राज्यको रक्सौलसम्म करिब ४७ किलोमिटर लामो रेलमार्ग संचालन ल्याएका थिए । सो रेममार्ग २०२२ मा बन्द भयो । २०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघिसम्म अमलेखगञ्ज–रक्सौल रेलमार्ग नै नेपाल–भारतलाई जोड्ने यातायातको माध्यम बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.