नेपाल आइसमा डेढ अर्ब लगानी थप्दै चौधरी ग्रुप, अब उत्पादन दोब्बर वृद्धि हुने

  २०७६ कार्तिक १८ गते १९:२०     राजाराम न्यौपाने

काठमाडौं । चौधरी ग्रुपले सिजी ब्रुअरी नेपालकाे उत्पादन क्षमता दाेब्बर बनाउन लागेकाे छ । नेपाल आइस ब्राण्डकाे वियर तथा माग्ना उत्पादन गर्दै आएको यस कम्पनीकाे उत्पादन क्षमता वृद्धि गर्न लगानी दाेब्बरले वृद्धि गर्न लागेकाे छ ।

हाल १ अर्ब २५ करोड रूपैयाँ लगानी रहेको सिजी ब्रुअरी नेपालमा लगानी थप्नका लागि चाैधरी ग्रुपले उद्योग विभागमा प्रस्ताव गरेको छ ।एक अर्ब ३७ करोड रुपैयाँ लगानी थप्न प्रवद्धर्क प्रस्ताव गरेकाे उद्योग विभागका निर्देशक प्रेम लुइटेलले जानकारी दिए । लगानी स्वीकृत भएपछि चौधरी ग्रुपको सिजी ब्रुअरी नेपालको लगानी २ अर्ब ६२ करोड हुनेछ ।

उद्याेगका उत्पादन क्षमता विस्तार गर्दा वातावरणामा पर्ने प्रभावकाे मूल्याङकन लगायतका विविध पक्षलाई हेरेर लगानी स्वीकृत दिइने उनले बताए । लगानीकर्ताले सबै प्रक्रिया पुरा गरेर आए १ महिनामा नै लगानी वृद्धि स्वीकृत हुने उनले जानकारी दिए ।

नवलपसारीस्थित चौधरी ग्रामभित्र रहेको सीजी ब्रुअरीले हाल मासिक २ लाख कार्टुन नेपाल आइस उत्पादन गर्दै आएको छ । उत्पादन क्षमता वृद्धिपछि मासिक ४ लाख कार्टुन उत्पादन गर्ने लागिएकाे चौधरी ग्रुपका जनरल म्यानेजर मधुसुधन पौडेल बताए ।

नेपाली बजार र अन्तराष्ट्रिय बजारमा नेपाल आइसकाे माग बढ्दै गएकाेले उत्पादन वृद्धि गर्न लागिएकाे पौडेल बताए । सीजी ब्रुअरीको उत्पादनकाे ठूलाे हिस्सा नेपालमा नै खपत हुन्छ । हङकङ, जापान र अमेरिका लगायतका देशहरुमा नेपाल आइस निर्यात हुने गरेकाे उनले बताए । नेपाल आइस वियरले नेपालमा दाेस्राे ठूलाे बजार हिस्सा लिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.