बोर्डको कामू अध्यक्षमा परिष्ठनाथ पौडेल

  २०७६ कार्तिक १५ गते १९:२९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको कामू अध्यक्षको जिम्मेवारी परिष्ठनाथ पौडेलले सम्हाल्ने भएका छन् । अर्थ मन्त्रालयले अध्यक्ष नियुक्त नभएसम्मको लागि पौडेललाई अख्तियारी सहित कामू अध्यक्षको जिम्मेवारी दिएको हो ।

कामू अध्यक्षको नेतृत्व गर्न जिम्मा पाएका पौडेलले बोर्डको नीतिगत निर्णय भने गर्न पाउँदैन । पौडेलले यस अघि बोर्डको कार्यकारी निर्देशकको पद सम्हालेका थिए ।

अध्यक्ष डा. रेवतबहादुर कार्कीले गत कात्तिक १ गतेदेखि अवकाश पाएपछि बोर्डको उक्त पद खाली रहेको छ । त्यसको लागि प्रकृया अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.