नेपाल सेवा लघुवित्तको सीईओमा शाक्य, कम्पनी सचिवको कार्यभार पनि सम्हाल्ने

  २०७६ कार्तिक १४ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बसन्त बहादुर शाक्य नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले शाक्यलाई आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।

साथै, उनले कम्पनी सचिवको कार्यभार पनि सम्हाल्ने भएका छन् । अन्य व्यवस्था नभएसम्म नवनियुक्त सीईओ शाक्यलाई सचिवको जिम्मेवारी पनि दिने लघुवित्तका वरिष्ठ अधिकृत राकेश श्रेष्ठले बताएका छन् ।

नवनियुक्त सीईओ शाक्यले कात्तिक १४ गतेदेखि नै आफ्नो पदभार ग्रहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.