१७ कम्पनीको चार करोड ५७ लाख कित्ता बोनस सेयर सूचीकृत, प्राइम बैंककाे सबैभन्दा बढी

  २०७६ कार्तिक १४ गते ९:५२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा १७ कम्पनीको चार करोड ५७ लाख ६३ हजार ६०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलाे तीन महिनाको अवधिमै सो मात्राको बोनस सेयर धितोपत्र बजारमा थपिएको हो ।

सो अवधिमा ६ वटा बीमा, ३ वटा विकास बैंक, ३ वटा लघुवित्त वित्तीय, २ वटा वाणिज्य बैंक, १ फाइनान्स र अन्य २ वटा कम्पनीको ४ अर्ब ५७ करोड ६३ लाख ६० हजार ७८५ रुपैयाँ बोनस सेयर सूचीकृत भएको हो ।

बीमा समूहतर्फ सूर्या लाइफ इन्स्योरेन्सको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)को ४९ करोड ५ लाख ६० हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब ९ करोड ९२ लाख ३२ हजार १६२ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको १३ करोड ४० लाख ८१ हजार ६५० रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ करोड २९ लाख ३१ हजार रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सको ४ करो ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचिकृत भएको बोर्डले जनाएको छ ।

पूर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता अर्थात २ करोड ६२ लाख ५१ हजार ६०० रुपैयाँ बराबरको नेप्से थपिएको छ । त्यस्तै, देव विकास बैंकको १२ लाख ९३ हजार ५२४ कित्ता र लुम्बिनी विकास बैंकको ३७ लाख ७१ हजार ९७२ कित्ता बोनस नेप्सेमा थपिएको छ ।

त्यसैगरी, लघुवित्ततर्फ नागबेली लघुवित्त वित्तीय संस्थाको एक लाख ४३ हजार ८०० कित्ता, मिथिला लघुवित्तको ६८ हजार ९४६ कित्ता र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख २२ हजार ७५० कित्ता बोनस चालु आवको तीन महिना भित्र नेप्सेमा थपिएको हो ।

वाणिज्य बैंकतर्फ सेञ्चुरी कमर्शियल बैंकको १६ लाख ५० हजार अर्थात १६ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सूचीकृत भएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८०० रुपैयाँ बराबरको एक करोड २८ लाख ५३ हजार २७८ कित्ता बोनस बजारमा सूचीकृत भएको छ । जुन सो अवधिमा सूचीकृत बोनसमध्ये सबैभन्दा बढी हो ।

रिलायन्स फाइनान्सको गत भदौ २५ गते ८ लाख ९१ हजार ८७४ कित्ता बोनस नेप्सेमा थपिएको छ । फाइनान्सको १२ प्रतिशत अर्थात ८ करोड ९१ लाख ८७ हजार ४३५ रुपैयाँ बराबरको बोनस सूचीकृत भएको छ ।

हाइडोपावर कम्पनीतर्फ रादी विद्युत कम्पनी र अपी पावर कम्पनीले जारी गरेका क्रमशः ५/५ प्रतिशत बोनस नेप्सेमा थपिएको हो । जसमध्ये रादी विद्युत कम्पनीको २ लाख २५ हजार ५२५ कित्ता र अपी पावरको ५ लाख ६७ हजार कित्ता बोनस नेप्सेमा सूचीकृत भएको बोर्डले जनाएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.