हजारको नोटमा अमेरिकी डलरको थ्रेड, हरेक दरका ४० करोड थानसम्म नोट छाप्दै राष्ट्र बैंक

  २०७६ कार्तिक १३ गते १४:४९     विकासन्युज

काठमाडौं । बजारमा नक्कली नोटको बिगबिगी बढेसँगै नेपाल राष्ट्र बैंकले हजारको अब छापिने हजारको नोटमा अमेरिकी डलरमा प्रयोग गर्ने थ्रेड (धागो) प्रयोग गर्ने भएको छ । ठूला दरका नोटलाई बढी सुरक्षित बनाउन बैंकले अब छाप्न लागेको नयाँ नोटमा अमेरिकी डलरमा प्रयोग भएको जस्तो थ्रेड प्रयोग गर्न लागेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

हजारको नोट अमेरिकी कम्पनीलाई छाप्न दिने तयारी गरिएको छ,’ उनले भने-‘अन्य नोट अन्य देशका कम्पनीले पनि साट्न सक्छन् ।’ यो नोट विशेष तरिकाले छाप्न लागिएकोले अन्य देशका कम्पनीलाई नदिइ अमेरिकी कम्पनीलाई दिन लागिएको हो ।

राष्ट्र बैंकले ५ देखि एक हजार डेनोमिनेशनको नोट छपाउन लागेको हो । एक र दुई दरका नोट भने राष्ट्र बैंकले यसअघि नै छपाउन छाडिसकेको छ । नेपाली चलनचल्तीमा रहेका नयाँ नोट छाप्नका लागि ६ वटा विदेशी कम्पनीले चासो देखाएको उनले बताए । यसअघि नोट छाप्दा विभिन्न १० कम्पनी आएका थिए ।

बजारमा भएको नोटको पर्याप्तता, नष्ट गरिएको नोट र तीन वर्षमा भएको खर्च र आगामी वर्षमा हुन सक्ने खर्चको अनुमान गरी नोट छाप्ने गरिने प्रचलन छ । राष्ट्र बैंक हरेक अढाई वर्षमा आवश्यकताअनुसार विभिन्न दरका नोट छाप्ने गर्दछ । एक पटकमा २१ करोड थानदेखि ४० करोडसम्म नोट छाप्ने गरेको डेपुटी गर्भनरले बताए । साधारणतया नोटको आयु ३ वर्षको हुन्छ ।

राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा बनेको मुद्रा व्यवस्थापन समितिले अध्ययन गरी नोट छाप्ने प्रस्ताव राष्ट्र बैंक संचालक सञ्चालक समितिबाट स्वीकृत भएपछि ग्लोबल बिडिङ गरिन्छ,’ उनले भने-‘गुणस्तरीय नोट छाप्न सक्ने कम्पनीलाई यसको यसको जिम्मा दिने गरिएको छ ।’

देशमा आर्थिक कारोबार बढेसँगै राष्ट्र बैंकले नोट छाप्ने दर पनि बढाउन थालेको छ । तीन वर्षअघि २० करोड थान १ हजार दरका नोट छपाएको राष्ट्र बैंकले यो वर्ष करिब ३१ करोड थान छपाउने तयारी भएको छ । राष्ट्र बैंकले ५०० र १०० दरका नोटको छपाइ बढाउन थालेको छ । २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र आव्हन गरेको छ । यहि कार्तिक ९ गते आव्हान गरिएको उक्त बोलपत्रको समयावधि मंसिर २४ गतेसम्म रहेको छ ।

इच्छुक कम्पनीले यो अवधिभित्र राष्ट्र बैंकले तोेकेको सेवा शर्त पुरा गरी टेण्डर हाल्नु पर्नेछ । राष्ट्र बैंकले चार अर्ब ८० करोड रुपैयाँ बराबरका २० डेनोमिनेशनको नोट छाप्न बोलपत्र आह्वान गरेको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो ।

राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छाप्न बोलपत्र आह्वान गरेको छ। २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र खोलिएको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो ।राष्ट्र बैंकले हरेक नोट एकपटकमा ३ वर्षका लागि पुग्ने गरी छपाउँछ । यसलाई नोटको आयु पनि भनिन्छ । यसको अर्थ एउटा नेपाली नोट ३ वर्षसम्म टिक्छ भन्ने पनि हो । अहिले बजारमा २० दरका नोट बढी चलनचल्तीमा रहेको छ ।

यसअघि ५  दरका नोट बढी चल्ने गर्दथ्यो । पछिल्ला वर्षमा २० रुपैयाँको नोट सबैभन्दा बढी अभाव हुने नोटमा पर्ने गरेको छ । बजारमा २० रुपैयाँ दरका नोटको चाप बढी भएपनि राष्ट्र बैंकले भने साना दरका नोटको साटो ५० र १०० अंकित दरका नोटको छपाइ बढाउने नीति लिएको छ । अब ५०० र १०० दरका नोट करिव ३१/३१ करोड थान छाप्ने भएको छ । यसअघि राष्ट्र बैंकले २० करोड थान १ हजार दरका नोट छपाएको थियो ।

तीन वर्ष अघि नै वित्तीय बजारलाई डिजिटलाइजेशन लैजाने रणनीति सरकारले अवलम्वन गरेपनि अहिले सम्म पुरा नहुँदा नोट छपाइमा ठूलो रकम बाहिरिने गरेको छ । राष्ट्र बैंकले यस अघि नोट छाप्दा औसतमा दुई रुपैयाँ पर्न आएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनले भने-‘अब कति लाग्छ थाहा छैन, यस अघि भने ५ देखि १ हजार दरका नोट छाप्दा औसतमा प्रति नोट २ रुपैयाँको दरले खर्च भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.