चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति

  २०७६ कार्तिक ९ गते १६:२२     विकासन्युज

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ । हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति बोल्सोनारो र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुल’मा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सिले सो अवसरमा विश्वमा धेरै कुराहरु परिवर्तन हुदै गएको भए पनि चीन र ब्राजिलबीचको सम्बन्ध भने स्थिर र सुमधुर रुपमा अघि बढिरहेको धारणा राखेका थिए । त्यस अवसरमा द्धिपक्षीय हित, आपसी सहयोग र समझ्दारीका साथै चीन र ब्राजिलबीचको आर्थिक लगानी र व्यापार प्रवर्धनका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले विकासका सम्भावना र अवसरहरुको सामुहिक रुपमा खोजी गरी आपसी हितका लागि लगानी, आपसी सम्बन्धको प्राथमिकता एवम् चीन ब्राजिल बृहत राणनीतिक साझेदारिताको विकासका क्षेत्रमा जोड दिए । उनले लगानीका साझा र नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्ने, साझा चासो र फाइदाका क्षेत्रमा लगानी गर्नुपर्ने तथा द्धिपक्षीय व्यापार अभिबृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिएका जनाएका छन् ।

उनले उर्जा, कृषि, खानी उपजका साथै पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि चीन तयार रहेको भन्दै हालको तुलनामा अझै धेरै ब्राजिलियन सामानहरु आयात गर्न चीन तयार रहेको धारणा राखेको जनाए । त्यस अवसरमा दुवै देशका राष्ट्रपतिले दुई देशको सम्बन्ध इतिहासदेखि नै असल र सुदृढ रही आएको धारणा व्यक्त गरेका थिए । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.