अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति

  २०७६ कार्तिक ९ गते १३:११     विकासन्युज

बेइजिङ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ ।

अमेरिकी उपराष्ट्रपति पेन्सको विचार चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक प्रणालीको बारेमा विश्व समुदायमा भ्रम फैलाउन खोजिएको भनी चीनले टिप्पणी गरेको हो ।

अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको अभिव्यक्ति चीनको मानवअधिकारको वास्तविक अवस्था, धार्मिक आस्था तथा अन्य सामाजिक प्रणालीकै विरुद्धमा रहेको चीनले प्रतिक्रिया दिएको जानकारी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् । उनले भने – अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको विज्ञप्ति हाम्रो आन्तरिक मामिलासम्बन्धी कानुन तथा परराष्ट्र नीतिको विरुद्धमा छ ।

उक्त भनाई राजनीतिक रुपमा पूर्णतः बायस भएको जानकारी दिए । चीनले आफ्नो सार्वभौमिकता, सुरक्षा प्रणाली तथा चीनको आफ्नो आन्तरिक मामिलाका विषयमा आउने यस्ता भनाइहरुको कडा रुपमा विरोध गर्दछ प्रवक्ता हुवाको भनाई छ ।

प्रवक्ता हुवाले ताइवान, हङकङ र चीनको सिनजियाङ प्रान्त चीनको विशुद्ध आफ्नो आन्तरिक मामिला भएकोले बाहिरबाट कसैको कुनै टिप्पणी आवश्यक नरहेको बताए । यी क्षेत्रहरुका बारेमा बाहिरबाट कसैले व्यक्त गर्ने विचारहरुमा चीनको कडा आपत्ति रहने जनाए ।

त्यस पत्रकार सम्मेलनमा उनले भने – ‘म अमेरिकीहरुलाई आफ्नै विषयमा कुरा गर्न, समस्याहरुको व्यवस्थापन गर्न तथा चीनको चासो नलिन सुझाव दिन चाहन्छु ।’ रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.