शेयर बजारमा नेपाल लाइफ फेरि छैटौँ स्थानमा, ४ हप्तापछि हिमालयन बैंकलाई उछिन्यो

  २०७६ कार्तिक ९ गते ११:०९     विकासन्युज

काठमाडौं । शेयर बजार पुँजीकरणमा ४ हप्तापछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले फेरि छैंटौं स्थान हासिल गरेको छ । नेपाल लाइफले हिमालयन बैंकलाई उछिनेर सो स्थान हासिल गरेको हो ।

गत सेप्टेक्बर २६ मा भएको साप्ताहिक कारोबारमा हिमालयन बैंकले नेपाल लाइफलाई उछिनेर छैंटौं स्थान लिँदै आएको थियो । अक्टोबर २४ को कारोबारपछि भने नेपाल लाइफले हिमालयनलाई फेरि ७ औं स्थानमा सीमित गरिदिएको हो ।

पछिल्लो कारोबार अनुसार नेपाल लाइफको पुँजीकरण ४३ अर्ब ९७ करोड र हिमालयनको ४३ अर्ब २० करोड रुपैंया छ ।
सेप्टेम्बर २६ मा हिमालयन बैंकको शेयर ४८७ रुपैंयामा कारोबार भएकोमा अक्टोबर २४ मा ५०७ रुपैंया पुगेको छ जुन ४.११ प्रतिशतको वृद्धिदर हो । नेपाल लाइफको भने सोही अवधिमा शेयरमूल्यमा ५.८२ प्रतिशतले बढेको छ । यो अवधिमा नेपाल लाइफको शेयर मूल्य ७५६ रुपैंयाबाट ८०० रुपैंया पुगेको छ ।

हिमालयन बैंक बजार पुँजीकरणमा पछि पर्नुको कारण भने नेपाल लाइफको मूल्य धेरै रुपैंयाले बढ्नु हो । यो अवधिमा हिमालयन बैंकको २० रुपैंयामात्रै बढ्दा नेपाल लाइफको शेयरमूल्य ४४ रुपैंया बढेको थियो । नेपाल लाइफको ५ करोड ५० लाख र हिमालयन बैंकका ८ करोड ५२ लाख कित्ता शेयर जारी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.