अब प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहको आदेशमा

  २०७६ कार्तिक ७ गते १६:४५     विकासन्युज

काठमाडौं । आगामी दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहको आदेश अनुसार सञ्चालन हुने भएको छ । ७ सय ५३ वटै स्थानीय तहमा मंसिरको पहिलो सातादेखि तीव्र रुपमा हुने जनाइएको छ । वेरोजगार युवालाई रोजगारी प्रदान गरी कामका लागि उर्जा थप्दै सो कार्यक्रम अघि बढ्ने छ ।

गत वर्ष प्रधानमन्त्री रोजगारका कार्यक्रम आफ्नै तरिकाले गर्दा श्रमदानमा हुने कामका लागि सरकारले करोडौं रुपैयाँ खर्च गरेको टिकाटिप्पणी भएपछि उक्त निर्णय गरेको हो । यस वर्ष स्थानीय तहमा रहेको समस्या समाधान गर्दै सर्वसाधारणको माग अनुसारको माग गर्ने तयारी भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव मोहन निरौलाले बताए ।

स्थानीय तहको समस्यालाई नजिकैबाट नियाल्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गत वर्षको फागुन महिनादेखि काम शुरु गरेको थियो । यस वर्ष मंसिरको पहिलो सातादेखि हुने कामका लागि ५ अर्ब १ करोड रुपैयाँ छुट्याएको छ । गतवर्ष एक सय दिनमा २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ खर्च भएको थियो भने १७ लाख बेरोजगार युवाहरुले रोजगारको लागि आवेदन दिएका थिए ।

नेपालमा रहेको बेरोजगारीको समस्या गर्ने उद्देश्यले संविधानको धारा ३३ बमोजिम नेपाली जनताको हकहित र अधिकारलाई समेट्ने गरी सरकारले प्रधानमन्त्री कार्याक्रम ल्याएको थियो । तर, पहिलो कार्यक्रम प्रभावकारी नभएको विभिन्न टिप्पणी पछि सरकारले हाल केहि कार्यको ढाँचामा परिवर्तन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव निरौलाले बताए । बेरोजगार युवाहरुले आफ्नो वार्षिक आय तथा सीप अनुसारको कामका विषयमा प्रष्ट नीति ल्याउने बताए ।

सम्बन्धित समाचारहरू ः

प्रधानमन्त्री रोजगार कार्यक्रमः २२ लाख ६२ हजार दिनको ठोस उपलब्धी खोई ?

अर्थविद् रामेश्वर खनालको टिप्पणी-प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा बाटो बडार्ने काममा खर्च गर्न पाइन्छ ?

कसले पाउँछ वेरोजगारी भत्ता ? के हो प्रधानमन्त्री रोजगार कार्यक्रम

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.