बीएफआईएनले साइबर क्राइम सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

  २०७६ कार्तिक ६ गते २०:१०     विकासन्युज

काठमाडौं । बैकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल(बीएफआईएन) लिमिटेडको आयोजनामा “साइबर खतराबाट वित्तीय सेवाहरुको सुरक्षा”सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको १ दिने सम्मेलन हुँदै छ । उक्त सम्मेलन कात्तिक ८ गते शुक्रबार ठमेलको होटल एलोफमा आयोजना हुने भएको छ ।

नेपालमा विगतमा साइबर क्राइमहरु बढ्दै गएको हुनाले र यो विषय नेपालको लागि विल्कुलै नयाँ हुने छ । यस सम्मेलनमा श्रीलंका तथा केपीएमजी भारतबाट विशिष्ट विशेषज्ञहरु पनि आउने छ । उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई साइबर थ्रेट तथा फ्रड सम्बन्धि प्राबिधिक ज्ञान दिने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बताएका छन् ।

सुचना तथा संचार क्षेत्रमा नविनतम आविष्कार भएता पनि यसरी नेपालमा बिगतमा साईबर आक्रमण हुनुले भावी दिनहरुमा हुन सक्ने आक्रमण र त्यस्ता आक्रमण कसरी समाधान गर्ने भन्ने यस सम्मेलनको मुख्य उद्धेश्य रहेको छ । यस सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीका संचालकहरु, उच्चपदस्थ कर्मचारीहरु, सुचना तथा संचार विभागका प्रमुखहरु र कर्मचारीहरु, उद्योगी व्यवसायीहरुको ज्ञान वृद्धि गर्नमा योगदान पुग्ने विश्वास रहेको छ ।

उक्त सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका कायम मुकायम गर्भनर चिन्तामणी सिवाकोटले गर्ने भएका छन् । त्यसपछि सर्वप्रथम श्रीलङ्काका साइबर सुरक्षा विशेषज्ञ सुजित कृस्टीले साइबर सुरक्षा भुदृश्य र वित्तीय क्षेत्रमा बड्दै गरेका ह्याकर र साइबर खतरा: समस्या,चुनौती र समाधानका उपायहरु बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त सेसनको अध्यक्षता भारतको केपि एम्जिका कुनाल पाण्डले गर्दै आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, श्रीलङ्काका साइबर सुरक्षा विशेषज्ञ सुजित कृस्टीले गर्नु हुने तथा उक्त सेसनमा भारतको केपि एम्जिका कुनाल पाण्डेले डिजिटल भुक्तानी उदयमान जोखिम र खतरा विषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने छन् । साथै, उक्त सेसनको वक्ताको रुपमा भारतको केपि एम्जिकासोनी एन्थोनीले जेननेक्स्ट भुक्तानी च्यानलहरुका सुरक्षार जोखिम बिषयमा विस्तृत विश्लेषण निवारणमा नियमनकारी निकायले खेलेको भुमिकाको बारेमा बताउने छन् ।

त्यसैगरी, बीएफआईएनका प्रबन्ध निर्देशक डा.आत्रेयले गर्ने तथा उक्त सेसनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली बिभागका निर्देशक शुभाषचन्द्र घिमिरेले नेपालमा भुक्तानी प्रणालीमा कानुन र नियामक मुद्दाहरुको बारेमा जानकारी दिने छन् । साथै, साइबर सुरक्षा बाबुराम अर्यालले नेपालमा साइबर कानूनहरू बर्तमान अवस्था तथा भबिष्य बिषयमा आफ्ना धारणा प्रस्तुत गर्ने छन् ।

त्यसैगरी चौथो सेसनमा मध्यस्थकर्ताका रुपमा भारतको केपि एम्जिका सोनी एन्थोनीले बैंकिंग साइबर सुरक्षाका चुनौती, वर्तमान र भबिष्य बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै, उक्त सेसनमा बीएफआईएनका प्रबन्ध निर्देशक डा. आत्रेय, श्रीलङ्काका साइबर सुरक्षा विशेषज्ञ सुजित कृस्टी, नेपाल राष्ट्र« बैंकका भुक्तानी प्रणाली विभागका निर्देशक शुभाषचन्द्र घिमिरे, साइबर सुरक्षा अधिबक्ता बाबुराम अर्याल, भारतको केपिएम्जिका कुनाल पाण्डे रस्ट्यान्डर्ड चार्टर्ड बेंकका मुख्य अपरेटिंग अफिसर सुजित श्रेष्ठ लगायतका बक्ताहरुले पनि आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उक्त सम्मेलको मुख्य प्रायोजकको रुपमा निम्बल इन्फोसिस् रहेको छ भने नलेज पार्टनरका रुपमा केपीएमजी रहेको आयोजक बीएफआईएनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.