होण्डाले शोकेस गर्यो आफ्नो चौथो जेनेरेशन ‘ज्याज’, यस्ता छन् विशेषता

  २०७६ कार्तिक ६ गते १८:४२     विकासन्युज

काठमाडाैं । जापनिज अटोमेकर कम्पनी होण्डाले चौथो जेनेरेशनको ‘ज्याज’ लाई भर्खरै मात्र शोकेस गरेको छ, जसलाई कम्पनीलेआउँदो फेब्रुअरीमाजापानमा सार्वजनिकगर्नेछ । तेस्रो जेनेरेशन होण्डा ज्याजको स्थान लिने सो मोडेललाई कम्पनीले जापान लञ्च पश्चात विश्वव्यापी रुपमा सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ ।

होण्डाले जनाए अनुसार नयाँ ज्याजले दिने कम्फर्ट र ड्राइभिङ्ग इन्जोयमेन्टमा पहिले भन्दा वृद्धि हुनेछ । सो मोडेलमा स्प्लीट ए पिलर्स, नयाँ डिजाइनका लाइट्स, बम्पर्स र बोनेटहरु दिइएका छन् । त्यसैगरी सो जापनिज कम्पनीको क्लेम अनुसार यस कारका सिटहरुले दिने कम्फर्ट महङ्गो सेडान कारहरुको जस्तै हुनेछ ।

चौथो जेनेरेशन ज्याजमा क्लाइमेट कन्ट्रोल र कार पार्क गरेको लोकेशन चेक गर्न मिल्ने‘होण्डा कनेक्ट अन-बोर्ड कनेक्टिभिटी’ जस्तो फिचर पनि रहेको छ । यसका साथै कारमा पहिले भन्दा ठूलो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम पनि समावेस गरिएको छ ।

होण्डाले नयाँ ज्याजको इञ्जिन स्पेसिफिकेशन चाहिँ सार्वजनिक गरिसकेको छैन । उक्त मोडेलको डाइमेन्सनलाई हेरेर त्यसमा १.५ लिटर पेट्रोल इञ्जिन समावेस गरिने अनुमान लगाइएको छ । तर इण्डियन स्पेक सो मोडेलमा चाहिँ पहिले जस्तै १.२ लिटर पेट्रोल इञ्जिन समावेस गरिने अनुमान पनि गरिएको छ ।

इण्डियामा सो मोडेल सन् २०२० को अन्त्य अथवा सन् २०२१ को सुरुवात तिर सार्वजनिक हुने सम्भावना प्रवल रहेको छ । इण्डियामा सार्वजनिक भए लगतै सो मोडेल नेपालमा पनि भित्रिनेछ ।

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले हाल नेपाली बजारमा ३९ लाख ५० हजार रुपैयाँ सुरुवाती मूल्य तोकेर तेस्रो जेनेरेशन होण्डा ज्याजको बिक्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.