प्राइम कमर्सियल बैंकको नयाँ शाखा काठमाडौंको कीर्तिपुरमा

  २०७६ कार्तिक ६ गते १६:११     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले गरेका हुन् ।

कार्यक्रममा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियो ।

यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ९६ पुगेको छ ।
यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै जाने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.