भदौमा भित्रियो पौने १ खर्ब रेमिट्यान्स

  २०७६ कार्तिक ६ गते १४:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको भदौमा मात्रै ७८ अर्ब ३३ करोड रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा गएका रोजगारबाट गत साउनमा ७५ अर्ब ४० करोड रेमिट्यान्स नेपाल पठाएका थिए । यस वर्षको साउन र भदौमा गरी कुल १ खर्ब ५३ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ ।

यस वर्षको पहिलो दुई महिनामा भित्रिएको रेमिटयन्स गत आवको सोही अवधिको तुलनमा ३३.४ प्रतिशतले बढेपनि वृद्धिदरमा भने ०.३ प्रतिशतले कमी आएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली संख्या बढेसँगै रेमिट्यान्स बढेको हो । गत आवको भदौमा वैदेशिक रोजगारीमा जानेको संख्या ३९ प्रतिशतले घटेको थियो ।

गत आवमा नेपालमा वैदेशिक रोजगारीमा गएकाबाट ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको थियो । सो रकम नेपालकोे बजेटको करिब आधा हो । सरकारले चालु आवमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.