कृषि विकास बैंकले साढे दुई अर्बको ऋणपत्र जारी गर्दै, १०.३५ प्रतिशत व्याज पाइने

  २०७६ कार्तिक ६ गते १३:२२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र(डिबेन्चर) जारी गर्ने भएको छ । बैंकले “एडिविएल कृषि विकास बैंक लि.२०८३” नामक ७ वर्षे ऋणपत्र जारी गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले कम्पनीलाई १०.३५ प्रतिशत व्याजदरमा सो मात्राको ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो । उक्त ऋणपत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच सम्झौता भएको छ ।

राष्ट्र बैंकबाट स्वीकृति पाएको बैंकले अन्य नियमक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी सर्वसाधारणका लागि सरकारी बैंकद्धारा ऋणपत्र छिट्टै जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.