नेशनल माइक्रोफाइनान्सले गर्यो पोर्टफोलिया म्यानेजमेन्ट तालिम

  २०७६ कार्तिक ६ गते १२:२७     विकासन्युज


काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले पोर्टफोलिया म्यानेजमेन्ट एण्ड लिडरसीप तालिम सम्पन्न गरेको छ । तालिम कार्यक्रम संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ न.पा.३ धादिङबेसी स्थित धादिङक्रिक रिसोर्ट धादिङबेसीमा कात्तिक २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको हो ।

तालिमको उद्घाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका हुन् । तालिम कार्यक्रममा संस्थाको ३३ वटा शाखा कार्यालयका वरिष्ठ सहायक तथा सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रममा प्रशिक्षको रुपमा डा. केदार रायमाझी, प्रमुख अधिकृत रामबहादुर यादव, विभागीय प्रमुखहरु बिजय घिमिरे, सिताराम पण्डित र रामचन्द्र रुपाखेतीले सहभागीहरुलाई कर्जा व्यवस्थापन, नेतृत्व सीप विकास, हाल लघुवितहरुमा देखिएको चुनौतिहरुलाई न्युनिकरण गर्ने उपायहरु, धितो कर्जा विकास, लेखा सम्बन्धी साथै सकारात्मक धारणा, स्वयम् उत्प्रेरणा बारेमा प्रशिक्षण गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.