बाईक सौखिनहरुको पकड क्षेत्र पोखरामा जिक्सर स्टन्ट मानिए हुँदै

  २०७६ कार्तिक ६ गते १०:२२     विकासन्युज

काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखराको लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्डले सुजुकी जिक्सर स्ट्रिट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट को आयोजना गर्न लागेको छ । सुजुकीको हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसिको पावर तथा पर्फमेन्सलाई प्रत्यक्ष रुपमा देखाउने अभिप्रायले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् ।

अन्तर्राष्ट्रिय प्रख्यात राईडर डिआरआयु, राम सरदारले प्रत्यक्ष कला प्रदर्शन गर्ने हिमालय अटो वर्ल्डका संचालक सौरब थापाले जानकारि दिए । साथै नेपाल बिरलै देख्न पाईने अन्तरास्ट्रिय राईडरको सुरक्षित चालकी कलालाई पोखरामा प्रत्यक्ष हेर्ने मौका सुजुकी ले प्रथम पटक मिलाएको भिजि अटोमोबाईल्सका सहमहाप्रबन्धक धिरज भट्टराईले जानकारी दिए । साथै उक्त कला प्रदर्शनपछि नेपाली चर्चित म्यालोडी गायक अलमोडा राना उप्रेतीसंग प्रत्यक्ष सांगीतिक माहोलमा रम्न पाईने छ ।

सुजुकी मोटर्स ईन्डियाद्वारा उत्पादित जापानिज प्रबिधिको जिक्सर बाईक मा २५० सिसि को इन्जिन क्षमता, २६.५ बिएचपि पावर, एफआई प्रबिधि, सुजुकी आयल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल ईन्सट्रमेन्ट, एलईडिहेड ल्याम्प जस्ता विशेष प्रबिधि सहितका बिशेषता राखेर उत्पादन गरिएको छ । यो एउटा कम्प्याक्ट मोडल हो, नेकेड भर्जन तथा स्पोर्टी फेयरिङ्ग भर्जन गरी ३ मोडलमा उत्पादन गरिएको छ ।

साथै सुजुकीले आफ्ना उत्पादनमा ५ बर्ष सम्मको वारेन्टी सुबिधा प्रदान गर्दै आएको छ। सुजुकीले स्टन्ट मानिया काठमाडौं पछि पोखरामा गर्न लागेको हो । पोखरा क्षेत्रलाई नेपाली बाईक सौखिनहरुको पकड क्षेत्रको रुपमा लिने गरिन्छ । त्यसकारण पनि सुजुकिले आफ्नो पावरफुल मोटरसाईकललाई प्रत्यक्ष कलात्मक रुपमा प्रदर्शन गर्न लागेको हो । कार्यक्रम बुधवार दिउसो २ बजे देखि पोखरा सभागृहमा गर्न लागिएको र ईन्ट्री फ्रि गरिएको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.