महिला मन्त्री भन्छिन्-‘महिला हिंसा अन्त्य गर्नु तीनै तहका सरकारको जिम्मेवारी’

  २०७६ कार्तिक ६ गते १०:०९     विकासन्युज


काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकारले जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको बताएकी छिन् । बेजिङ्ग सम्मेलनको २५ वर्ष प्लस् राष्ट्रिय समीक्षा कार्यक्रमकोे अवसरमा वियोण्ड वेजिङ्ग कमिटिले काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् ।

उनले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको बताइन् ।

स्थानीय तहले सरकारले बनाएको योजनाहरु कार्यान्वयन गर्न सक्यो भने महिला हिंसाको घटना न्यूनिकरण गर्न सम्भव रहेको उनको भनाई छ । यस्तै वियोण्ड वेजिङ्ग कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले सन् १९९५ मा चिनको भएको बेईजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलनका कारण महिलाहरुले आफ्नो आवाज राख्ने वातावरण बनेको बताइन् । उनले चौथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैगिंक समानताको लागि उन्मुख गराएकाले नेपालमा पनि यसले परिवर्तन आएको बताइन् ।

नेपालले वेईजिङ्ग सम्मेलनले प्रतिपादन गरेका १२ वटा सरोकारका सवालहरुको कार्यान्वयनका लागि राष्ट्रिय कार्यनीति तयार गरी पूर्ण प्रतिवद्धता व्यक्त गरिसकेको छ । जसमा वियोण्ड बेइजिङ्ग कमिटी नेपालले सन् १९९४ देखि नै लैङ्गीकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ ।

पारित गरेको कार्यनीतिको बारेमा जानकारी दिन र त्यो कार्यनीतिको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी दिन राष्ट्रिय समिक्षा गोष्ठी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.