छिट्टै सार्वजनिक हुँदै बिएस६ इञ्जिन सहितको ‘होण्डा सिबि शाइन एसपि’, पावर अझ बढ्ने

  २०७६ कार्तिक ५ गते १९:४८     विकासन्युज

काठमाडाैं । पछिल्लो समयमा होण्डा टू-व्हिलर्स इण्डियाले आफ्ना प्रायजसो मोडेलहरुमा बिएस६ इमिसन स्ट्याण्डर्ड सहितको इञ्जिन समावेस गरेको पाइन्छ । यसै क्रममा होण्डाले आफ्नो प्रख्यात कम्युटर मोटरसाइकल ‘सिबि शाइन १२५ एसपि’ लाई पनि बिएस६ मापदण्ड यूक्त इञ्जिन समावेस गरेर छिट्टै बजारमा ल्याउने भएको छ ।

बिएस६ अर्थात् ‘भारत स्टेज ६’ इञ्जिनमा हुने त्यस्तो प्रदुषण मापदण्ड हो जसले इञ्जिनबाट उत्पन्न हुने प्रदूषणलाई कम गराउँछ ।

इलेक्ट्रोनिक फ्युल इन्जेक्सन टेक्नोलोजी समावेस गर्दै बजारमा ल्याउन लागिएको सिबि शाइन एसपिमा १२४.७३ सीसीको बिएस६ इञ्जिन लगाइएको छ जसले १०.८८ एचपीको पावर प्रदान गर्नेछ जुन हालको तुलनामा धेरै हो । हाल बजारमा विक्री वितरण भइरहेको होण्डा सिबि शाइन १२५ बिएस४ ले चाहिँ १०.३१ एचपीको पावर प्रदान गर्ने गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार केहि मूल्य वृद्धिका साथ बजारमा आउन लागेको बिएस६ होण्डा सिबि शाइन एसपिको डाइमेन्सन पनि थोरै बढ्ने छ । हालको मोडेलको तुलनामा सो बाइकको लम्वाईमा १३ मिलिमिटर, चौडाइमा २३ मिलिमिटर, उचाइमा १८ मिलिमिटर र व्हिलवेसमा चाहिँ १९ मिलिमिटरले वृद्धि हुनेछ । यसरी डाइमेन्सनमा वृद्धि हुन जाँदा बाइकको कर्बवेट पनि थोरै बढ्नेछ ।

नेपालका लागि होण्डा टू–व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा बिएस४ इञ्जिनयूक्त होण्डा सिबि शाइन एसपिको सुरुवाती मूल्य दुई लाख २९ हजार रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.