सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा १० लाख बराबरको मृत्यु दावी भुक्तानी

  २०७६ कार्तिक ५ गते १२:१६     विकासन्युज

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतकका परिवारलाई मृत्यु दावी बापतको १० लाख ३५ हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले धनुषामा आयोजित एक कार्यक्रममा सो रकम बराबरको चेक मृतकको हकवाला श्रीमती अनिता कुमारी मण्डलालाई हस्तान्तरण गरेको हो ।

उक्त चेक धनुषाधाम नगरपालिकाका मेयर वालेश्वर मण्डल र कम्पनीका महाप्रबन्धक कमलराज गौतमले संयुक्त रुपमा मृतकका श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।

मृतक मण्डलाले १५ वर्ष अवधिको नवीन आजीवन जीवन बीमा योजनामा बिमाङ्क १० लाख रुपैयाँको जीवन बीमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.