भिटामिन वा टनिक किसिमको औषधी विक्री वितरण र बिरामीलाई सिफारिस नगर्न आदेश

  २०७६ कार्तिक ५ गते ११:४२     विकासन्युज

काठमाडौ। औषधी व्यवस्था विभागले एक भन्दा बढि तत्व मिसिएको भिटामिन वा टनिक किसिमको औषधीहरु बिरामीलाई सिफारिस नगर्न सुचना जारी गरेको छ ।

बजार अनुगमन गर्दा विभागबाट प्रतिबन्धित औषधीहरु फर्मास्युटिकल बनावटमा गैर कानुनी रुपमा विक्रिवितरण भईरहेको पाईएकोले विभागले सुचना जारी गरेको विभागका प्रवक्ता सन्तोष केसीले बताए ।

विभागले डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स आयात, बिक्रि र प्रेस्काइब गर्न नपाइने सूचना जारी गरेको हो। विभागले गत भदौ २ गते पनि विभागमा दर्ता नभएका यस्ता समाग्री विक्रि वितरण नगर्न सूचना जारी गरेको थियो।

विभागले यस्ता औषधि बिक्रीवितरण भएको पाइएमा औषधि ऐन २०३५ बमोजिम कारवाहि हुने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.