महासंघका पदाधिकारी र आइएलओ प्रतिनिधिमण्डल बीच भेटवार्ता

  २०७६ कार्तिक ४ गते १७:०४     विकासन्युज


काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ सल्लाहकार संचिर टग्स्चीमेगको नेतृत्वमा आएको आइएलओ प्रतिनिधि मण्डलले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानसंग सोमबार महासंघ सचिवालयमा शिष्टाचार भेटवार्ता गर्यो ।

सो अवसरमा महासंघका उपाध्यक्ष प्रधानले वरिष्ठ सल्लाहकारको नेतृत्वको आइएलओ प्रतिनिधि मण्डलको स्वागत गर्दै श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बन्दै गएको जानकारी गराए । उनले महासंघ र आइएलओबीचको सम्बन्ध र सहकार्यका विषयमा पनि चर्चा गरे ।

नयां श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन सफल रूपमा अगाडी बढीरहेको उल्लेख गर्दै उपाध्यक्ष प्रधानले महासंघले श्रम क्षेत्रको सुधारका साथै मुलुकको आर्थिक विकास, रोजगारी सृजना र उद्योग व्यवसायको प्रवद्र्धनका लागि सरकार र ट्रेड यूनियनसंगको सहकार्य र संवादलाई महत्व दिई काम गरिरहेको बताउंदै आईएलओमार्फत थप कार्यक्रमका साथै सहयोगको आग्रह गरे ।

सो अवसरमा वरिष्ठ सल्लाहकार संचिर टग्स्चीमेगले नेपालको श्रम सम्बन्धको स्थिति र आर्थिक एवम् सामाजिक विकासतर्फ भईरहेका प्रयासबारे जिज्ञासा राख्दै निजी क्षेत्रले आफ्नोे भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिइन् । उनले रोजगारदाता संगठनले सदस्यहरूको चाहना र आवश्यकता अनुसार कार्यक्रम संचालन गरी आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिंदै आइएलओले महासंघसंग मिलेर सहकार्य गर्नेमा विश्वास दिलाए ।

भेटवार्तामा आइएलओका इम्प्लोयर्स एक्टिभिटिजका वरिष्ठ विज्ञ रभिन्द्र पेरिस, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, उप-महानिर्देशक हंसराम पाण्डे, आइएलओका वरिष्ठ कार्यक्रम अधिकृत सलोमोन राजवंशी, राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्माको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.