२३ राष्ट्रका युवा वैज्ञानिकलाई पछि पार्दै नेपालीले जिते स्वर्ण पदक

  २०७६ कार्तिक ४ गते १५:३९     विकासन्युज


काठमाडौँ । रुसमा सम्पन्न आठौं एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्ड सहित तीन पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले पदक जितेका हुन् ।

नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विधार्थी मध्ये साउथवेस्र्टन स्टेट कलेज बसुन्धराका बिधार्थी स्वराजसागर प्रधानले गोल्ड मेडल जितेका छन् । प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन् । प्रधानले युज अफ माइक्रो स्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस बिषयमा आफ्नो प्रस्तुती दिएका थिए । यस्तै, अस्मिता स्कुलकी दिक्षा सञ्जेल र काठमाण्डौं मोडेल कलेजका ऋषीकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् ।

अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो । नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली बिधार्थीले प्रस्तुती दिएका थिए ।

गत महिना नेपाल पोलिमर इन्ष्टिच्यूटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विद्यामा उत्कृष्ट विधार्थीलाई उक्त सम्मेलनमा पठाइएको थियो । सम्मेलनमा विश्वभरका २३ राष्ट्रका युवा वैज्ञानिकहरुले प्रतिस्पर्धा गरेका थिए । सम्मेलनबाट नेपाली वैज्ञानिकको टोली सोमबार स्वदेश फर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.