साढे २ अर्ब लगानी थप्दै हेटौँडा सिमेन्ट, उत्पादन १८० प्रतिशत बढ्ने

  २०७६ कार्तिक ४ गते १४:५५     राजाराम न्यौपाने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट इन्डष्ट्रिजले १८० प्रतिशतसम्म उत्पादन वृद्धि गर्ने भएको छ । करिब साढे २ अर्ब लगानी थपेर इन्डष्ट्रिजले उद्योगलाई आधुनिकीकरण र प्रविधियुक्त गराइ क्षमतामा वृद्धि गर्न लागेकाे हाे । उद्योगले क्षमता अभिवृद्धिकाे लागि साँढे २ अर्ब लगानी समेत थप्ने भएकाे छ ।

उद्योगकाे क्षमता अभिवृद्धि गर्न हाल भएकाे मेशिन मर्मत गर्नुका साथै क्षमता समेत विस्तार गर्न लागिएकाे हाे ।यहि अवसरमा उद्योगकाे जीर्णोद्धार पिन हुने बताइएकाे छ । मेशिन पुरानो भएकोले उत्पादन क्षमता कमी भएकाले त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार र विकास गर्न लागेको हेटौँडा सिमेन्टका प्रवक्ता केशव बर्तौलाले जानकारी दिए ।

उनले भने निजी क्षेत्रको सिमेन्ट उद्योगहरुको उत्पादन खर्च कम भएको र सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगहरुको उत्पादन खर्च बढि भएकाले पनि बजारमा सरकारी स्वामित्वमा सिमेन्ट प्रति उपभोक्ताको चासो कम हुँदै गएको बताए । उपभोक्ताले गुणस्तरभन्दा पनि मूल्य मात्रै हेरेर सिमेन्ट खरिद गर्ने गरेका छन् । हामीले पनि सिमेन्टको मूल्य घटाउन र उपभोक्ता माझ लोकप्रिय बनाउन २ अर्ब ५० करोड लगानी थप्ने बारे बोर्डमा छलफल भैरहेको छ । बोर्डले पास गरिसके पछि उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा प्रस्ताव जाने बर्ताैलाले बताए ।

हेटौँडा सिमेन्ट उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि गरी मूल्य घटाउने याेजना बनाएकाे छ । २०४२ सालमा जडान गरेको मेशिनबाट उत्पादन घट्दै गएकाले धेरै समस्या थपिँदै गएको छ । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मर्मतपछि दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ ।

के छ हेटौँडा सिमेन्टको बिक्री अवस्था

निर्माण कार्यको समय सुरु हुन लागेको समयलाई मध्येनजर गर्दे असोजबाट हेटौँडा सिमेन्टले २६ रुपैँया मूल्य घटाएर ८ सय रुपैयाँ मूल्य कायम गरि बिक्री गरिरहेको छ । असोजभन्दा पहिले सो सिमेन्टको कम्पनी मूल्य ८२६ रुपैयाँ थियो ।

मासिक ३ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेर सिमेन्ट उद्योगले गत ३ महिनामा करिब ३ लाख बोरा सिमेन्ट बिक्री भएको कम्पनीले जानकरी दिएको छ । कम्पनीले लक्ष्यको २० प्रतिशत मात्रै सिमेन्ट बिक्री गरिरहेको छ । कम्पनीको एक कर्मचारीले भने निजी क्षेत्रका ठूला लगानीको सिमेन्ट कम्पनीहरु सञ्चालनमा आएपछि हाम्रो सिमेन्ट बिक्रीमा ह्वातै कमी आएको छ ।

हेटौँडा सिमेन्टको क्लिङ्कर उत्पानदको अवस्था यस्तो छ 

सिमेन्ट बनाउन आवश्यक कच्चा पदार्थ हो क्लिङ्कर । हेटौँड सिमेन्ट उद्योगले आफ्नो लक्ष्य अनुसार क्लिङ्कर उत्पादन गर्न सकेकाे छैन । उद्योगको लक्ष्य भने ४५ हजार मेट्रिकटन रहेकोमा ३४ हजार मेट्रिकटन मात्रै क्लिङ्कर उत्पादन भइरहेको छ । उद्योगमा लगानी वृद्धि भए समग्र अवस्थामा सुधार आउने कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.