सूर्य नेपालद्वारा दुई विद्यालयलाई आर्थिक सहयोग

  २०७६ कार्तिक ४ गते १२:०६     विकासन्युज

दमौली । तनहुँ जिल्लाका दुई सामुदायिक विद्यालयलाई  सूर्य नेपाल प्रालिले टिच फर नेपालको सहकार्यमा आर्थिक सहयोग गरेको छ । सूर्य नेपालले म्याग्दे गाउँपालिका–६ स्थित रत्न माध्यमिक विद्यालय र सरस्वती नमूना मावि खैरेनीटार तनहुँमा शिक्षक राख्न आर्थिक सहयोग गरेको हो ।

सूर्य नेपालले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यसहित विद्यालयमा शिक्षक राख्न आर्थिक सहयोग गरेको कम्पनीका तनहुँ स्थित सेराटार कारखानाका मानव स्रोत प्रबन्धक अञ्जन दुवाडीले जानकारी दिएका छन् । “सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा विभिन्न क्षेत्रमा सहयोग गर्ने लक्ष्यबमोजिम विद्यालयमा सहयोग गरिएको हो”, दुवाडीले भने, “दुई वर्षका लागि विद्यालयसँग सहकार्य  गर्ने दुवाडीले बताए।”

सूर्य नेपालले गरेको सहयोगबाट विद्यालयमा तीन माध्यमिक शिक्षकलाई तलबको व्यवस्था गरिएको रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशबाबु भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार चालू शैक्षिकसत्रदेखि नै विज्ञान, अङ्ग्रेजी र गणित शिक्षकका लागि दुई वर्षका लागि कम्पनीले सहयोग गरेको छ ।

विद्यालयको आफ्नै स्रोत नहुँदा निजी शिक्षकलाई तलब खुवाउन समस्या परेको अवस्थामा कम्पनीले गरेको सहयोगले सहज भएको प्रअ भट्टराईले जानकारी दिए । दलित र जनजाति अध्ययन गर्ने उक्त विद्यालयमा सहयोग गरिएको हो । सूर्य नेपालले गरेको सहयोगप्रति शिक्षक, अभिभावक र विधार्थीहरुले प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.