यामाहा एफजिएस भी३ भर्सेज सुजुकी २०१९ जिक्सर, कुन किन्दा राम्रो ?

  २०७६ कार्तिक ३ गते १९:२८     विकासन्युज

काठमाडौं । खासगरी मोटरसाइकल किन्नुअघि ग्राहकले उचित मूल्य, राम्रो पर्फमेन्स, आकर्षक लुक्स तथा राम्रो माइलेज लगायतका कुराहरुलाई ध्यानमा राख्ने गर्दछन् । हाल नेपाली बजारमा यी सम्पूर्ण खुबीहरु भएको मोटरसाइकलका रुपमा सुजुकीको २०१९ जिक्सर र यामाहाको एफजिएस भी३ लाई लिन सकिन्छ ।

एउटै सेग्मेन्टको मोटरसाइकल भएता पनि यी दुई मोटरसाइकलका बीच धेरै भिन्नताहरु पाइन्छन् । आज हामीले यहि भिन्नताहरुलाई तपाईंका सामू प्रस्तुत गरेका छौं जसले तपाईंलाई यी दुई मोटरसाइकल मध्ये बाट कुनै एउटा छान्नमा मद्दत पुग्नेछ ।

लुक्स

फ्ल्याट हेडलाइट दिइएको सुजुकीको जिक्सर यामाहाको एफजिएस भी३ को तुलनामा अलि बढि एग्रेशिभ र स्पोर्टि रहेको छ । एफजिएस भी३ लाई भने बल्की ट्याङ्कले जिक्सरको तुलनामा ह्याभि मस्कुलर लुक्स दिएको छ । त्यसैगरी जिक्सरमा अलि ठूलो इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ भने एफजिएस भी३ मासानो इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । एफजिएस भी३ मा दिइएको बेली प्यानले सो बाइकलाई अझ स्पोर्टि बनाएको छ भने जिक्सरमा बेली प्यान दिइएको छैन ।

इञ्जिन

जिक्सरमा १५५ सीसीको सिङ्गल सिलिण्डर एफआई इञ्जिन दिइएको छ जसले १४.१ पीएसको पावर र १४ एनएमको टर्क प्रोड्युस गर्दछ । एफजिएस भी३ मा चाहिँ १४९ सीसी सिङ्गल सिलिण्डर एफआई इञ्जिन दिइएको छ जसले १३.२ पीएसको पावर र १२.८ एनएमको टर्क प्रोड्युस गर्दछ । दुबै बाइकमा ५-स्पिड गियरबक्स दिइएको छ ।

डाइमेन्सन

जिक्सरको सिट हाइट ७९५ मिलिमिटर छ भने एफजिएस भी३ को चाहिँ ७९० मिलिमिटर रहेको छ । त्यसैगरी जिक्सरको ग्राउण्ड क्लियरेन्स १६० मिलिमिटर छ भने एफजिएस भी३ को चाहिँ १६५ मिलिमिटर छ । जिक्सरको कर्ब वेट १४० के.जी. छ भने एफजिएस भी३ को चाहिँ १३७ के.जी. रहेको छ । जिक्सरको फ्युल ट्याङ्क क्यापासिटी १२ लिटर छ भने एफजिएस भी३ को चाहिँ १२.८ लिटर रहेको छ ।

ब्रेक र सस्पेन्सन

सुजुकी र यामाहा दुवैले आफ्ना बाइकहरुका दुबै चक्कामा डिस्क ब्रेक दिएका छन् । त्यसैगरी दुवै कम्पनीले ती बाइकहरुमा ब्रेकिङ्ग सेफ्टिको रुपमा सिङ्गल-च्यानल एबीएस समेत जडान गरेका छन् । सस्पेन्सनको कुरा गर्नुपर्दा दुबै बाइकहरुमा अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडि चाहिँ मोनोशक दिइएको छ ।

टप स्पिड र माइलेज

दुवै बाइकको इञ्जिन क्षमता उस्तै नै भएको हुनाले यिनीहरुले दिने माइलेज र टप स्पिड पनि लगभग समान छ । जिक्सर र एफजिएस भी३ दुवैले ४५ केएमपीएल हाराहारी माइलेज र ११५+ केएमपीएचको टप स्पिड दिन्छन् ।

पर्फमेन्स
जिक्सरको स्टिफर सस्पेन्सर सेटअप र अलि कमिटेड सिटिङ्ग पोजिसनले यसको स्पोर्टिनेसलाई बढावा दिएको छ । त्यसैगरी एफजिएस भी३ को चौडा सिट तथा वाइड हेण्डलबार जस्ता फिचरहरुले कम्फर्टेवल राइड प्रदान गर्न मद्दत पुर्याएको छ ।

मूल्य

हाल सुजुकीको २०१९ जिक्सर तथा यामाहाको एफजिएस भी३ दुबै बाइकहरु नेपाली बजारमा तीन लाख १८ हजार नौ सय मूल्यमा बिक्री वितरण भइरहेका छन् ।

स्मरण रहोस्, सुजुकी टू व्हिलर्सको नेपालका लागि आधिकारिक विक्रेताका रुपमा भीजी अटोमोवाइल्स प्रा.लि. रहेको छ भने यामाहा टू व्हिलर्सको नेपालका लागि आधिकारिक विक्रेताका रुपमा एमएडब्लू इन्टरप्राइजेज प्रा.लि. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.