राजस्व नतिरी भित्र्याइएका मोबाइल सेट अबको ४ महिनामा ब्लक गर्दै एनटीए

  २०७६ कार्तिक ३ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल दूर संचार प्राधिकरण (एनटीए) ले अबको ४ महिनामा नेपालमा राजस्व छलिका मोवाइलहरू नरहने जनाएको छ । पछिल्लो समय राजस्व छलिएका मोवाइल फोनहरू नेपाली बजारमा छ्याप छ्याप्ती उपलब्ध हुन थालेपछि एनटीएले यस्ता मोबाइल नचल्ने गरी ब्लक गर्न लागेको हो ।

मोवाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (आइएमई )मार्फत राजस्व छलि गरी ल्याउने मोवाइल सेटहरूमा रोक लगाउन सकिन्छ । एनटीएले सोही सिष्टममार्फत अवैधानिक तरिकाले नेपाल भित्रिएका मोबाइल प्रयोगमा कडाइ गर्न लागेको हो ।

यसरी मोबाइल ल्याउँदा सरकारले मोबाइल आयातबाट प्राप्त गर्ने राजस्व गुम्दै गएको छ ।
‘आइएमई नभएका मोवाइहरू संचालनमा रह्दा विभिन्न समस्या आउनुका साथै राज्यले समेत केही प्राप्त गर्न नसकेपछि हामीले यस्तो अवधारणा अघि सारेका हौं’–एनटीए प्रवक्ता मिन प्रसाद अर्यालले भने ।

मोवाइलमा आइएमई राख्दा के हुन्छ ?

मोबाइल फोनहरूमा आइएमई राख्दा मोवाइल मार्फत हुने गरेका नचाहिँदा क्रियाकलापहरू समेत रोकिने एनटीएले बताएको छ । यस्तै, साइबर क्राइम मोवाइल मार्फत हुने अपराधिक गतिविधिहरूमा समेत कमी आउने एनटीए ठम्याइ छ ।

मुख्यतय भन्सार बाहिरबाट मोवाइल सेटहरू स्वदेश भित्र्याउँदा राजस्व नतिर्ने प्रवृतिको अन्त्य गर्न मोबाइल म्यानेजमेण्ट सिस्टमले सहयोग गर्ने पाइएको छ । आगामी दिनमा नेपाल मोवाइहरू भित्र्याउँदा अनिवार्य आइएमई दर्ता चाहिन्छ ।

मोवाइलको आइएमइ दर्ता नभएमा एनटीएले कारबाही गर्ने

आइएमई दर्ता नभएमा मोवाइल सेटहरू एनटीएले ब्लक गर्ने जनाएको छ । अहिले मोवाइलको आइएमईको दर्र्ता गराउने संस्थाले ५ वर्षसम्म उक्त सिस्टम संचालनको जिम्मा समेत पाउने छ ।
सिम्टमको डिजाइन गर्ने, इन्स्टल गर्ने, मिसनीङ्ग तथा अपरेशन गर्ने लगाएतका कामहरुमा सो संस्थाले ५ वर्षसम्म आफ्नो सहभागीता जनाउँन सक्छ । उक्त काम गर्नको लागि मलेसियाको न्यूमेरा भन्ने संस्था छनोट भएको एनटीएले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल आउँदा उक्त न्यूमेरा नामक संस्थाले आवश्यकता सम्बन्धि अध्ययन समापन गरेको थियो । हाल सोही अध्ययनको आधारमा डिजाइन सम्पन्न भइरहेको छ ।
न्यूमेराले आफ्नो काम समापन गरेपश्चात सो सिस्टम राजधानीको खुमलटारमा रह्ने छ ।
सो कार्यका लागि लगभग ८० करोड रुपैयाँ खर्च लाग्ने एनटीएको बुझाइ रहेको छ ।

मलेसियन कम्पनीले सम्झौता गरेको ६ महिना भित्रमा सो सिस्टम संचालनमा आउने छ । हाल सम्झौता गरेको २ महिना नाघिसकेकाले आगामी ४ महिनामा सो सिस्टम नेपालमा आउँने एनटीएले बताएको छ ।आगामी ४ महिनामा सिस्टम तयार गरेर त्यसलाई जडान समेत गरिसक्छौं, उनले भने ।

मोबाइल ह्वाइट तथा ब्याल्याक लिस्टमा बस्ने

कानुनी रुपमा आइएमई लिएर चलाएका मोबाइलहरु ह्वाइट लिस्टमा बस्छन् भने गैर कानुनी रुपमा भित्र्याइएका मोवाइलहरू ब्लाक लिस्टमा बस्ने पाइएको छ ।

आगामी दिनमा सबै मोवाइल सेटहरू रजिष्टर गरिनु पर्नेमा एनटीएको सुझाव छ । रजिष्टर नगरिएका मोवाइल सेटहरुमा एनटीएले कहाँबाट कसरी आएको भन्ने कुरा आगामी दिनमा सहजै पत्ता लगाउने जनाएको छ । बार फोन, स्मार्ट फोन, आइफोन, एन्ड्रोइडलगायतका सबै फोनहरूको रेकर्ड यो सिस्टम राख्ने छ ।

वर्तमान अवस्थामापनि कुनैपनि मोवाइल सेट खरिद गर्दा ग्राहकले आइएमई दर्ता गर्नु पर्ने व्यवस्था भने छँदैछ । साथै, मोवाइल खरिद गर्दा मोवाइलको किसिम अनुसारको स्विकृति (एप्रोभल) समेत लिनु पर्ने व्यवस्था पनि छ । हाल मोबाइल सेवा प्रदायक तथा मोवाइल आयातकर्ताहरूसँग छलफल गरिरहेको नेपाल दूर संचार प्रधिकरणले बताएको हो ।

यो सिष्टम संचालनमा आएपछि मोवाइल फोन हराएमा पनि ग्राहकहरूले धेरै चिन्तित हुनु पर्दैन् । भोलिका दिनमा चोरी गरेका मोवाइल फोनहरु आइएमई गरेको तथा आगामी सिस्टमका कारण नचल्ने पाइन्छ ।

पर्यटकहरूले साथमा बोकेर आउने मोबाइलका विषयमा भने आगामी दिनमा छलफल हुने पाइन्छ । हाल नेपालमा २५ अर्बको मोवाइल भन्सारबाट भित्रिने गर्छ । उक्त मोवाइल फोनहरू नेपाल भित्रिने क्रममा हुने गरेका कुनैपनि किसिमबाट हुने राजस्वको रोकिनु पर्ने एनटीएको बुझाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.