किसान पाइप प्रडक्टसको डिलर मिट सम्पन्न

  २०७६ कार्तिक ३ गते १८:०६     विकासन्युज

काठमाडौँ । किसान पाइप प्रडक्टस् प्रालिले पूर्वको ठूलो शहर बिराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । कम्पनीले होटल स्र्टन स्टारमा आयोजना गरेको कार्यक्रममा झण्डै सय जना डिलर प्रतिनिधि र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

डिलरहरुलाई प्रोत्साहन गर्न तथा नयाँ प्रडक्टबारे जानकारी दिन कम्पनीले डिलर मिट कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले किसान पाइपका बारेमा जानकारी दिएका थिए ।

उनले डिलरहरु मार्फत नै उपभोक्तासम्म प्रोडक्टका बारेमा धेरै कुराको जानकारी पुग्ने भन्दै आफूहरु प्रतिस्पर्धी बजारमा उच्च गुणस्तरका पाइपहरु उत्पादन गरी देशको निर्माण क्षेत्रमा योगदान दिन प्रतिवद्ध रहेको बताए ।

किसान पाइप प्रडक्टस् प्रालिले सिपिभीसी, पिभिसी, एचडीपीई जस्ता पाइपहरु उत्पादन गर्दै आईरहेको छ । त्यस्तै रोट्टो र ब्लो सेगमेन्टमा पानी ट्यांकी पनि उत्पादन गरिरहेको छ । रोट्टो ट्यांकी पहिलेदेखि नै उत्पादन हुँदै आएको थियो भने ब्लो ट्याङ्की नयाँ प्रविधि सहित केही समय अघिदेखि बजारमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ । हो ।

किसानले जापानबाट विश्व प्रसिद्ध सिक्वीसीको ड्युरा एस्ट्रिम कच्चा पदार्थबाट सिपिभिसी पाइप निर्माण गर्दै आईरहेको छ । नवलपरासीको वर्दघाटमा किसान पाइपको उद्योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.