२१ बोरा मारुती सिमेन्ट किन्दा १० ग्राम चाँदीकाे सिक्का सित्तैमा

  २०७६ कार्तिक ३ गते १२:०२     विकासन्युज

काठमाडाैं । मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्ने कम्पनीले जनाएकाे छ । यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागू हुने कम्पनीकाे भनाइ छ ।

मारुती सिमेन्टले नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टद्वारा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएकाे छ । मारूती सिमेन्टले आइएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.