सुनको मूल्य घट्यो, प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार

  २०७६ कार्तिक ३ गते ११:१६     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । महिनाको पहिलो दिन अर्थात शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ७० हजार ४ सय रुपैयाँ बिक्री भइरहेको छ ।

त्यस्तै आइतबार तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ, भने शुक्रबार ७० हजार ३ सयमा कारोबार भएको थियो ।
चाँदी भने सोही मूल्य प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.