सिटिजन्स बैंकको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त, बैंकिङ क्षेत्रमा १५ वर्षको अनुभव

  २०७६ कार्तिक ३ गते ११:१६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो ।

श्रेष्ठले सचिव पदमा नियुक्त भएकै दिनबाटै आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीले कात्तिक १ गतेदेखि लागू हुनेगरी श्रेष्ठलाई सचिव पदमा नियुक्त गरेको हो ।

भारतकाे पुनेस्थित रहेकाे एसआईबीएमबाट एमबीए गरेका नवनियुक्त श्रेष्ठमा व्यापार वित्त, क्रेडिट र शाखा सञ्चालनको क्षेत्रमा १५ वर्षको बैंकिङ अनुभव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.