सनराइज बैंकले बार्षिकोत्सवको अवसरमा गर्यो प्रभातफेरी

  २०७६ कार्तिक ३ गते १०:०५     विकासन्युज


काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

‘समृद्घ नेपालको सहयात्रामा सनराइज बैंक-हामी संग संगै’ भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । सो प्रभातफेरी कार्यक्रम केन्द्रिय कार्यालय गैरीधाराबाट सुरु भई नक्साल भगवती, कमलपोखरी, कमलाधि गणेश मन्दिर, रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुदैं पुनः गैरीधारामा आएर समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु दीपक नेपाल र शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायत काठमाडौं भरिका शाखाहरुबाट करिब ५०० कर्मचारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.