९ अर्ब ६७ करोड बराबरको हिमालयन बैंकको सेयर किनबेच हुँदै, सरकारले कति पाउँला राजश्व ?

  २०७६ कार्तिक २ गते २०:१९     विकासन्युज

काठमाडौं । बजार मूल्यका आधारमा हिमालयन बैंकको करिव ९ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरको सेयर कारोबार हुन लागेको छ । उक्त सेयर बेलायतको डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युशन, सीडीसीले किन्न लागेको हो ।

हिमालयन बैंकको १ करोड ७० लाख ४० हजार कित्ता सेयर सीडीसीले किन्दै छ । तर कति मूल्यमा कारोबार हुन लागेको हो त्यो खुलाईएको छैन ।

नेप्सेमा १८० दिन कारोबार भएको औसत मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ ९३ पैसा छ । औसत मूल्यका आधारमा सेयर कारोबार हुने हो भने ९ अर्ब ६७ करोड ८७ लाख २० हजार रुपैयाँ पर्छ ।

नेपालमा साधारण सेयरभन्दा संस्थापक सेयर कम मूल्यमा कारोबार हुने गरेको छ । त्यस्तै, ठूलो परिणाममा सेयर कारोबार हुँदा औसत मूल्य भन्दा कम मूल्यमा कारोबार हुने गरेको छ ।

यो कारोबार कति मूल्यमा हुन लागेको हो र यसबाट सरकारले कति राजश्व प्राप्त गर्छ भन्ने अहिलेसम्म आधिकारिक रुपमा कुनै पक्षले बोलेको छैन ।

पाकिस्तानको हविव बैंक र बेलायतको सीडीसीबीच हुने कारोबार नेपालमा नै भए नेपाल सरकारले यसबाट करोडौं राजश्व प्राप्त गर्छ । तर एनसेलको जस्तै विदेशमा नै कारोबार भएको नेपाल सरकार ठगिने सम्भावना छ ।

हिमालय बैंकको २० प्रतिशत सेयर हिमालयन बैंक स्थापनादेखि नै २० प्रतिशत सेयर धारण गरकोे पाकिस्तानको हविल बैंकले आफ्नो सेयर सीडीसीलाई बेच्न लागेको हो । कारोबारको लागि नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

सेयर बिक्री प्रक्रिया अन्तिम चरणमा पुगको र यसै साता हिमालयन बैंक सञ्चालक समितिको बैठकले सहमतिको अन्तिम निर्णय दिने तयारी भईरहेको बैंक स्रोतले बतायो । ‘आगामी बुधबार बस्ने सञ्चालक समितिको बैठकले सेयर कारोबारको लागि सहमति दिन सक्छ’ स्रोतले भन्यो । उक्त सेयर कारोबारका लागि बैंकका सबैं प्रवद्धक र राष्ट्र बैंकबाट सहमति लिइसकेकोले सञ्चालक समितिको निर्णयसँगै लेनदेन कारोबार हुने बताइएको छ ।

सीडीसी बेलायतको प्रशिद्ध वित्तीय संस्था हो । यसमा ६० प्रतिशत सेयर बेलायतका सरकारी निकायहरुको छ भने ४० प्रतिशत सेयर विश्वका विभिन्न बैंक तथा वित्तीय संस्थाको रहेको छ । हविव बैंक पनि सीडीसीको सेयर होल्डर भएकोले यो कारोबार केही सहज भएको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.