शेयर बजारका ८१ ओटा कम्पनी नेप्सेको कारबाहीमा, अब के हुन्छ ?

  २०७६ कार्तिक २ गते ११:५४     विकासन्युज

काठमाडौं । दोस्रो बजारमा सूचीकृत ८१ कम्पनीहरु नेपाल स्टक एक्सचेञ्जको कारबाहीमा परेका छन् । नियमानुसार समयभित्र वार्षिक नबीकरण शुल्क नबुझाएसछि उनीहरु कारबाहीमा परेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सबै कम्पनीहरुको सूचीकरण स्थगित गरिएको छ ।

कारबाहीमा पर्ने कम्पनीहरुमा १९ ओटा माइक्रोफाइनान्स कम्पनी, १८ ओटा विकास बैंक, १३ ओटा हाइड्रोपावर कम्पनी, १२ ओटा फाइनान्स कम्पनी, ११ ओटा उत्पादनमूलक कम्पनी, २/२ ओटा इन्स्योरेन्स, ट्रेडिङ, होटल र अन्य समूहका कम्पनी छन् ।

कारबाहीमा पर्नेमा नेपालकै सबैभन्दा धेरै बजार पुँजीकरणभएको नेपाल टेलिकमदेखि चर्चित विकास बैंकहरु, बीमा कम्पनीहरु समेत छन् ।

नेप्सेले सूचीकरण स्थगित गरेसँगै ८१ ओटै कम्पनीका कारोबारहरु स्वतः रोक्का हुनेछन् । नेप्सेलाई आवश्यक शुल्क बुझाएर सूचीकरण स्थगित फुकुवा गरेपछि मात्रै ती कम्पनीहरुका कारोबार सूचारु हुनेछन् । यसो हुँदा धेरैजसो कम्पनीहरुको कारोबार आइतबार हुनेछैन ।

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम (१) (क) बमोजिम सूचीकरण स्थगन गरेको जनाएको छ । उक्त विनियममा प्रत्येक आर्थिक वर्ष सकिएको ३ महिनाभित्र सूचीकृत कम्पनीहरुले वार्षिक नवीकरण नबुझाएमा त्यस्तो कम्पनीहरुको धितोपत्र बजारको सूचीकरण स्थगित गर्न सकिने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.