नेपाली बजारमा टोयोटाको सबैभन्दा सस्तो कार ‘इटिओस लिवा’, के छन् विशेषता?

  २०७६ कार्तिक १ गते १९:२७     विकासन्युज

काठमाडाैं । जापनिज अटोमेकर कम्पनी टोयोटाको नेपालका लागि आधिकारीक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले टोयोटाका विभिन्न मोडेलहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।

नेपालमा पाइने टोयोटाका कारहरुमध्ये‘इटिओस लिवा’ सबैभन्दा सस्तो मोडेलको रुपमा रहेको छ जसको नेपाली बजार मूल्य रु. ३६ लाख ७० हजार तोकिएको छ । यस कारमा प्रयोग भएको ११९७ सीसी ४ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ७९ बिएचपिको पावर र १०४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १८.२ केएमपीएलको माइलेज दिन्छ ।

५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३८८४ मिलिमिटर, चौडाई १६९५ मिलिमिटर र उचाई १५१० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटर रहेको छ । त्यसैगरी ४५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारको अगाडिको चक्काहरुमा डिस्क ब्रेक दिइएको छ भने पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ ।

यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सिट लक, रिभर्स पार्किङ्ग सेन्सरजस्ता विशेषताहरु रहेका छन् भने कम्फर्ट फिचर्सका रुपमा एयर कण्डिसन, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्नमिल्ने ड्राइवर सिट, हेड रेस्ट, कार कुसन जस्ता विशेषताहरु रहेका छन् । त्यसैगरी अन्य फिचरहरुको रुपमा यस कारमा आउटसाइड रियर भ्यू मिरर्स, नयाँ अप्टिट्रन कम्बिमिटर,१२ भोल्टको ब्याट्री, ठूलो क्याविन स्पेस र बुट स्पेसजस्ता विशेषताहरु रहेका छन् ।

कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु. दुई लाख नगद छुटको व्यवस्था गरिएको छ । टोयोटाको नेपालमा विक्री भइरहेको सवैभन्दा महँगो मोडेल चाहिँ ल्याण्ड क्रुजर एसयूभी हो जसको नेपाली बजार मूल्य भने रु. चार करोड ५२ लाख रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.