‘हिरोे एक्सपल्स २००’, नेपाली बजारमा सस्तो मूल्यमै स्तरीय एडभेन्चर बाइक

  २०७६ कार्तिक १ गते १९:२२     विकासन्युज

काठमाडाैं । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले हिरोको नयाँ उत्पादन ‘एक्सपल्स २००’ लाई तीन लाख ८५ हजार रुपैयाँ मूल्य तोक्दै नेपाली बजारमा केहि दिन अघि बाटविक्री वितरण शुरु गरेको छ ।

‘एक्सपल्स २००’ एउटा अफरोड मोटरसाइकल हो जसलाई भ्रमणमा जान रुचाउने युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको हो । हाइ माउण्टेड मडगार्ड, अफरोडिङ्ग नव्बी टायर्स, इञ्जिन गार्ड, विन्ड सिल्ड, माथिपट्टि लगाइएको एक्जस्ट पाइप र नकल गार्डस् लगायतका फिचर्सले यस बाइकलाई एउटा उत्कृष्ट अफरोड मेशिन बनाएको छ ।

यस बाइकको अफरोडिङ्ग विशेषतालाई ध्यानमा राखेर कम्पनीले यसमा २२० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स र त्यसैगरी अगाडि २१ इञ्चको र पछाडि भने १८ इञ्चको स्पोक व्हिल्स दिएको छ । यी ठूला चक्काहरुले जस्तोसुकै अप्ठ्याराहरुलाई पनि पार गरेर अगाडि बढ्न सक्छ ।

खास फिचरको रुपमा एक्सपल्स २०० मा ब्लूतुथ कनेक्टिभिटी र नेभिगेसनको फिचर सहितको फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ ।

यस बाइकमा २०० सीसीको सिङ्गल सिलिण्डर, २ भल्भ, एयर–कुल्ड कार्बुरेटेड इञ्जिन समावेस गरिएको छ जसले १८.४ पिएसको पावर र १७.१ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ट्रान्समिशन ड्यूटीको काम चाहिँ ५–स्पिड गियरबक्सले गर्दछ ।

दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा सेफ्टि फिचरका रुपमा सिङ्गल च्यानल एबीएस दिइएको छ । त्यसैगरीअगाडि १९० मिलिमिटर सस्पेन्सन ट्राभल भएको टेलिस्कपिक फर्क दिइएको छ भने पछाडि चाहिँ १०–स्टेप एड्जस्टेवल मोनोसक पनि दिइएको छ ।

सिएट टायर्स प्रयोग भएको हिरो एक्सपल्स २०० को निर्माण क्वालिटी मजबुत रहेको कम्पनीको दावी छ । यस बाइकले नेपाली बजारमा होण्डाको एक्सआर १५० एल, रोयल इन्फिल्डको हिमालयन, यामाहाको एक्सटिजेड १२५ जस्ता मोडेलहरुसँग प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.