नेपाल चेम्बर र पीएचडी चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धी छलफल

  २०७६ कार्तिक १ गते १८:१७     विकासन्युज

काठमाडौँ । भारत भ्रमणको अवसरमा नयाँदिल्ली स्थित पिएचडी चेम्बर अफकमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संबोधन गरेका छन् ।

उक्त अवसरमा उनले द्धिपक्षीय व्यापारमा पारवहन ढुवानी लागत घटाउनु पर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरु बीच सहकार्य गराउनु पर्ने, व्यापार मेला÷प्रर्दशनीमा सहभागिता जनाउनु पर्ने र चेम्बरले आउदो फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतीय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरे ।

नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको सो कार्यक्रमा नेपालका लागि पूर्व राजदूत तथा इन्डिया नेपाल सेन्टर, पीएचडीका अध्यक्ष के.भी. राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको बताए । यसबाट लगानी र व्यापार एवम् आर्थिक कृयाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पुर्याउने बताए ।

साथै उनले इन्डिया नेपाल सेन्टरको स्थापनामा चेम्बर सह संयोजक भई कार्य गरिरहेको र यसमा आगामी दिनहरुमा थप तीब्रता आउने आशा एवम् विश्वास व्यक्त गरे । उक्त अवसरमा पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजका अध्यक्ष डा. डिके अग्रवालले भारतको नेपालसँग परापूर्वकालदेखि साँस्कृतिक, आर्थिक एवम् व्यापारिक सम्बन्ध रहेको र दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुतगर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था इन्डिया नेपाल सेन्टर मार्फत र द्धिपक्षीय रुपमा समेत तयार रहेको बतए ।

सो अवसरमा नयाँदिल्ली स्थित नेपाली राजदुतावासका मिनिष्टर (इकोनोमिक) नीता पोखरेल अर्याल, नेपाली व्यवासायिक प्रतिनिधि मण्डलका सदस्यहरु उद्यमी, व्यवशायी, रिभर्सबायर सेलर मिटका सहभागी प्रतिनिधिहरुको समेत उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.