एभरेष्ट बैंकले मनायो रजत जयन्ती

  २०७६ कार्तिक १ गते १८:०५     विकासन्युज


काठमाडौँ । एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा शुक्रबार लाजिम्पाटस्थीत प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ ।

बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो । समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।

१ हजारभन्दा बढीको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकउत्सव मनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.