सिभिल बैंकको नयाँ शाखा काठमाडौंको काँडाघारीमा

  २०७६ कार्तिक १ गते १५:१०     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडलले काठमाडौेंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले गरेका हुन् ।

कार्यक्रममा सभापति तथा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताएका छन् । सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई  २५ हजार रूपैयाँको चेक पनि हस्तान्तरण गरेका थिए ।

यसरी, सो बैंकले नेपालमा पहिलोपटक बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना पनि ल्याएको छ ।  उक्त बैंकको शाखा संख्या १०० र एटिएम संख्या ६५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.